प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा « Khabarhub

प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन गरे/गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ ।

धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डविपरीत उत्खनन अनुमति दिएको भन्दै वन कार्यालयले प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोविरुद्ध मुद्दा दायर गरेको हो । सर्रेखोला सामुदायिक वन क्षेत्रभित्रबाट अवैधरुपमा उत्खनन तथा ओसारपोसारमा संलग्न सात ट्र्याक्टर र तिनका चालकलाई वन कार्यालयले गत मङ्सिर १५ गते नियन्त्रणमा लिएको थियो ।

उक्त कार्यालयले सवारीसाधनसहित पक्राउ परेका मञ्जितकुमार यादव, फूलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादव, अरविन्दकिशोर यादव, इन्द्रजित महतो, रमन किशोर यादव, पुरुषोत्तम यादवविरुद्ध दायर गरेको आज एक विज्ञप्ति निकालेर सार्वजनिक गरेको हो ।

त्यसैगरी धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, प्रशासन शाखा सहायक रञ्जितकुमार सिंह र वरुण कन्सट्रक्सनका सञ्चालक निलम कुमारी यादवविरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरुले वन नियमावली, २०७९ को नियम ३०(५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३(ख) बमोजिम तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ४(ख) र ६(३) बमोजिमको प्रक्रिया पूरा नगरी अवैध ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन गर्ने गराउने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : १० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको