निङलाशैनीले जित्यो बिडिसिए कपको उपाधि | Khabarhub Khabarhub

निङलाशैनीले जित्यो बिडिसिए कपको उपाधि


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा जारी २० औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले हात पारेको छ ।

आज यहाँ सम्पन्न फाइनल खेलमा दशरथचन्द एकेडेमीमाथि एक विकेटको सङ्घर्षपूर्ण जित निकाल्दै निङलाशैनीले उपाधि रक्षा गरेको हो । यो उपाधिसँगै निङलाशैनीले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । एकेडेमीले दिएको २२९ रनको लक्ष्य पछ्याएको निङलाशैनीले ४६.१ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य हासिल ग¥यो ।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको एकेडेमी ४९ ओभरमा २२८ रनमा समेटियो । एकेडेमीका वसन्त खत्रीले ५८ रनको योगदान गरे । निङलाशैनीका कप्तान रिसिकेश बोहरा र खडक बोहराले ३÷३ विकेट हात पारे ।

यसैबीच प्रतियोगिताभर ५४६ रन र ८ विकेट लिन सफल निङलाशैनीका खडक बोहरा सर्वोत्कृट खेलाडी र बेस्ट बलर हुँदै साढे ७ हजार पुरस्कार हात पारे । प्रतियोगितामा १४ विकेट लिएका एकेडेमीका वसन्त खत्री बेस्ट बलर हुँदै २ हजार ५ सय पुरूस्कार पाए ।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल,नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिलाले संयुक्तरूपमा पुरस्कार वितरण गरे।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा गत मङ्सिर १६ गतेदेखि सुरू भएको प्रतियोगितामा १३ टोली सहभागी थिए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : २३ बजे

अर्थतन्त्र तीन खर्ब ५६ अर्बले बढ्ने प्रक्षेपणको आधार के ?

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

सुहाङ नेम्बाङ : एमालेको विरासत जोगाए, नेताका रूपमा उदाए

काठमाडौं– नेकपा (एमाले) ले इलाम-२ को उपनिर्वाचनमा सुवासचन्द्र नेम्बाङका छोरा

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले