जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्छ : देउवा | Khabarhub Khabarhub

जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्छ : देउवा


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सबल तुल्याउन जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान अर्पण समारोहलाई आज पोखरामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले राष्ट्रलाई योगदान गर्ने किसिमको रचनात्मक पत्रकारिताको प्रवर्द्धन गर्नुपर्ने बताए ।

पुरस्कारको स्थापना गर्ने समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्व सूर्यबहादुर केसीको योगदानको स्मरण गर्दै सभापति देउवाले पुरस्कृत व्यक्तित्वलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सभापति देउवाले एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७, २०७८ र २०७९ बाट क्रमशः नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोलालाई सम्मान गरे ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : ३२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका