पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै « Khabarhub

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चौतारा – किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ ।

नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी भइ पशु बीमा गराइएका दुई किसानको भैँसी मरेपछि मूल्याङ्कन बराबरको बीमा रकम वडा नं ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा नं ४ निवासी मैया सापकोटाले जनही रु ९० हजार प्राप्त गरेका छन् ।

नगरपालिकाको २०७९-८० को नीति तथा कार्यक्रम अन्र्तगत कृषि तथा पशु कार्यक्रममा विषेश जोड दिँदै आएको पालिकाले पशु बीमा कार्यक्रममा कूल बिमाङ्कको सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानबाहेक नगरपालिकाबाट ५० प्रतिशत र कृषकबाट ५० प्रतिशत रकमबाट बीमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।

बीमा रकम हस्तातरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले यसबाट कृषकलाई प्रत्यक्ष रुपमा आर्थिक लाभ हुने बताए । सुरुमा झन्झटिलो प्रक्रियामा नगर पशुशाखाले सहजीकरणको भूमिका निर्वाह गरेपछि कृषक खुसी भएको शाखा प्रमुख अर्जुन खड्काले जानकारी दिए । हाल नगरपालिकामार्फत विसं २०७९ पुस मसान्तसम्म तीन सय ८० गाईभैँसी र २० बाख्राको बीमा भइसकेको छ । दुई सय प्रक्रियामा रहेको पशु शाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ०५ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले