महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म « Khabarhub

महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भजनी – कैलालीको टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव सञ्चालन भइरहेको छ। आन्तरिक आयस्रोत वृद्धिका लागि भन्दै टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा कला संस्कृतिसँगै विभिन्न स्थानीय उत्पादनको प्रदर्शनसमेत छ। स्थानीय कृषि उत्पादनदेखि बेत बासबाट बनेका विभिन्न सामग्रीका साथै कृषि औजारकोसमेत प्रदर्शन राम्रो छ।

नगरपालिकाकै वडा नं ७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बासका लागि चर्चित छ। त्यहीँबाट सङ्कलन भएको बेत बासबाट विभिन्न सामग्री बनाएर महोत्सवमा बिक्रीका लागि राखिएको छ। बेत बासको सामानले राम्रो मूल्य पाएको व्यापार गर्दै आउनुभएका सुरेश विश्वकर्मा बताउँछन्। पूजा सामान राख्ने टोकरीदेखि बस्नको लागि आवश्यक सामानको प्रदर्शन उनले गर्दै आएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विज्ञान सङ्काय टीकापुर बहुमुखी क्याम्पसमा अध्यनरत रविना सुवेदी महोत्सवको प्रदर्शनीमा राखिएका उपकरणको जानकारी दिन व्यस्त थिए। महोत्सव अवलोकन गर्न आएका बृहत् कृषि प्रदर्शनीमा पुगेपछि कृषिमा आधुनिकीकरण र व्यावसायीकरण कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी दिने गरेको उनले बताए। “हामीले सिकेको कुरालाई अवलोकनका लागि आएकालाई भन्ने गरेका छौँ। उत्पादन बढाउन अपनाउनुपर्ने सावधानीको बारेमा बुझाउँछौँ”, रविना भन्छन्, “कृषिलाई व्यावसायीकरण र आधुनिकीकरणका लागि आवश्यक उपकरण त्यहीँ प्रदर्शनीमा राखिएको हुँदा त्यसलाई देखाएर बुझाउन सजिलो भएको छ।”

सोही क्याम्पसमा तेस्रो वर्षमा अध्ययनरत रविना हुमागाईले दैनिक दुई सयभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने गरेको बताउँछन्। उनले आएका नागरिकलाई कृषि उपकरण, बालीमा लाग्ने रोगको बारेमा र कम्पोस्ट मलले माटो तथा उत्पादन वृद्धिमा पुर्‍याउने टेवाको बारेमा जानकारी दिने गरेको बताए।

“हाम्रा लागि पनि महोत्सवको कृषि प्रदर्शनी सिकाइजस्तै बनेको छ। सिकेको सिकाउने काम गर्दै आएका छौँ भने नबुझेको कुरालाई साथीहरूको सहजीकरणबाट सिकाई पनि हुँदै आएको छ”, हुमागाईले भने, “त्यसमा पनि तीन क्याम्पसले कृषि प्रदर्शनीमा सामग्रीको प्रदर्शन गर्दै आएका छन्। त्यसले सिकाइमा थप टेवा पुगेको छ।”

त्यसैगरी प्रदर्शनीमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, पोलिटिक इन्स्टिच्युट टीकापुरले पनि कृषि उपकरणसहितका सामग्री प्रदर्शनमा राखेका छन्। प्रदर्शनीमा अन्य कृषि उत्पादनका वस्तुसमेत प्रदर्शनका लागि राखिएका छन्। कृषि प्रदर्शनीमा उत्कृष्ट किसानलाई महोत्सवको समापनको दिन सम्मान गर्ने कार्यक्रमसमेत रहेको कृषि प्रदर्शनी उपसमितिका संयोजक टीका शाही बताउँछन्। “महोत्सवले कला मनोरञ्जनलाई मात्रै नभई स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको छ”, संयोजक शाहीले भने, “त्यसमा राम्रो उत्पादकलाई सम्मानको कार्यक्रम राखेका छौँ। जसले किसानलाई कृषि क्षेत्रमा थप उत्प्रेरित गर्न विश्वास छ।”

महोत्सव दैनिक पाँच हजारभन्दा बढीले अवलोकन गर्दै आएका छन्। माघ ४ गतेबाट सञ्चालनमा आएको महोत्सवमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव मूल समारोह समिीतका अध्यक्ष चक्रपाीण सापकोटा बताए। महोत्सव १५ गतेसम्म चल्नेछ। “महोत्सव अवधिभर एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा हामीले लिएका छौँ ”, अध्यक्ष सापकोटाले भने, “दुई वर्ष कोरोनाको कारण स्थगित भएको महोत्सवको अवलोकनका लागि स्थानीयको उत्साह राम्रो छ।”

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ९ : ३९ बजे

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

जनकपुरधाम – विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

आजका समाचार : एमालेको ब्यानरमा विद्या भण्डारी, जसपा–लोसपा एकीकरणमा त्रिपाठी असहमत र इबोलाको जोखिम बढ्दो

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि विद्यादेवी

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका