प्रदेश १ का मन्त्रीको कार्यविभाजन, कसले कुन मन्त्रालय पाए? « Khabarhub

प्रदेश १ का मन्त्रीको कार्यविभाजन, कसले कुन मन्त्रालय पाए?


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गरेका थिए ।

कार्यविभाजनअनुसार मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय, मन्त्री दुर्गाप्रसाद चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, मन्त्री भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, मन्त्री जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, मन्त्री बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र मन्त्री निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ११ : ३६ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार