कागेश्वरी मनोहरामा नौ करोड १९ लाख राजस्व संकलन  | Khabarhub Khabarhub

कागेश्वरी मनोहरामा नौ करोड १९ लाख राजस्व संकलन 


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा नौ करोड १९ लाख २९ हजार पाँच सय ८० राजस्व संकलन गरेको छ । सो नगरपालिकाले चालु आवको साउन १ गतेदेखि पुस मसान्तसम्म रु नौ करोड १९ लाख २९ हजार पाँच सय ८० राजस्व संकलन गरेको हो ।

नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले लक्ष्यअनुसार नै राजस्व संकलन गरिरहेको जानकारी दिए । नगरपालिकाले अहिले ५० ठेक्का योजनाको काम गरिरहेको समेत उनले स्पष्ट पारे। 

गत आवबाट दायित्व सरेर आएका ठेक्का योजना ४६ रहेको र यस आवमा नयाँ ठेक्का चार गरी जम्मा ५० रहेको उनको भनाइ थियो । उक्त ठेक्कामध्ये छ वटा योजना सम्पन्न भएका, १६ योजनाको ८५ प्रतिशतभन्दामाथि भौतिक प्रगति भएको नगरप्रमुख कार्कीले बताए । 

यस्तै १९ वटा योजनामा ५० देखि ८५ प्रतिशतसम्म भौतिक प्रगति भएको र नौ योजनाको भौतिक प्रगति ५० प्रतिशतभन्दा कम रहेको सो नगरपालिकाले जनाएको छ ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, व्यवस्थित सहरी विकास, विपद् व्यवस्थापन, फोहरमैला तथा वातावरण व्यवस्थापन, उद्यमशीलता, खेलकुद, पर्यटन, उज्यालो नगर सुरक्षित नगर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार योजना, कृषि पशुपक्षी, सुशासन, सामाजिक समावेशीकरण लगायतको क्षेत्रमा प्राथमिकता दिएर नगरपालिकाले काम गरेको बताए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : ०९ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना