पोल्ट्री उद्योगलाई सबल र आत्मनिर्भर बनाउन प्रतिबद्ध : प्रचण्ड « Khabarhub

पोल्ट्री उद्योगलाई सबल र आत्मनिर्भर बनाउन प्रतिबद्ध : प्रचण्ड


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरिबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँमा आज आयोजित ‘राइट टू प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार वितरण समारोहमा उनले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पुग्न नसकेको उल्लेख गरे। 

प्रधानमन्त्री दाहालले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको बताए। उनले भने, ‘तथ्यांकहनुसारसन् २०१९ मा ३२ प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाले उमेर अनुसारको उचाइ प्राप्त गर्न सकेनन् । उमेरअनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता समस्या हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ । पुड्कोपना र कुपोषणको समस्याबाट विशेषगरी गरिबीको रेखामुनि रहेका समुदाय बढी पीडित रहेको पाइन्छ ।’

पहिलो एक हजार दिनमा बालबालिकालाई उपलब्ध हने पोषणले उनीहरूको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गर्भवती र नवजात शिशुलाई लक्षित गरी स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रम सरकारले सञ्चालन गरिरहेको जानकारी दिए । उनले पोल्ट्री  उद्योगले अण्डा र मासुमार्फत प्रोटिनको आपूर्तिमा योगदान पुर्‍याएकामा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकामा पोल्ट्री उद्योगका उद्यमी र कृषकलाई धन्यवाद दिए ।

आत्मनिर्भरउन्मुख यस उद्योगले बर्ड फ्लूलगायत रोग, कच्चापदार्थको मूल्य, औषधिलगायत समस्या भोगिरहेका बारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यी समस्या समाधान गरी नेपालको अर्थतन्त्र र गरीबी निवारणमा महत्वपूर्ण योगदान पुर्‍याएको पोल्ट्री उद्योगलाई थप सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपालका सम्पूर्ण पशु चिकित्सकको छाता संगठन नेपाल भेटेरिनरी एसोसिएसनले नेपाल दाना उद्योग सङ्घ र सम्बन्धित सरोकारवालाको सहभागितामा प्रोटिन माथिको अधिकारलाई स्थापित गर्ने उद्देश्यले हाफ म्याराथनलगायत दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकामा उनले बधाई ज्ञापन गरे । 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ३ : ३४ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी