एथलेटिक्स टोली स्वदेश फिर्ता « Khabarhub

एथलेटिक्स टोली स्वदेश फिर्ता


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ । बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो ।

दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण जितिन् । पुष्पाले सन् २०२१ मा पनि स्वर्ण जितेकी थिइन् । सन् २०२२ मा भने पुष्पा कास्यमा सीमित भएकी थिइन् । नेपालकै विन्द्राधन्के श्रेष्ठले सोही स्पर्धामा कांस्य हात पारिन् । गोपिचन्द्र पार्की हाफ म्याराथनमा कांस्य जिते ।

टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ, ओलम्पियन प्रमिला रिजाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ३ : ४३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ