तिब्बतमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु « Khabarhub

तिब्बतमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । तिब्बतको निङ्चीमा हिमपहिरो जाँदा २८ जनाको मृत्यु भएको हो ।

उक्त हिमपहिरो मङ्गलबार साँझ करिब ८ बजे गएको जनाइएको छ । हिमपहिरो गएको क्षेत्रमा खोज तथा उद्धार कार्य शुक्रबार साँझ साढे ५ बजे सकिएको थियो ।

हिमपहिरोपछि काउन्टीलाई निङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए ।

यस क्षेत्रका सडक कच्ची रहेको तथा भू(धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ४ : १७ बजे

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।