उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित « Khabarhub

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर विजयी भएकी छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोविता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । 

सभामुख घिमिरेका अनुसार उक्त प्रस्तावको पक्षमा १६६ मत, विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत परेको छ । बैठकमा २६४ जना सांसदको उपस्थिति रहेकोले रानामगरले पाएको मतले उनलाई सभामुखखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले जानकारी दिए । 

सत्तारुढ गठबन्धनकी उम्मेदवार रानामगरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएसँगै नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिरहनुनपर्ने सभामुख घिमिरेले जानकारी दिए । 

उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको थियो । उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा रानामगर र कांग्रेसबाट यादवले उम्मेदवारी दर्ता गरेकी थिइन् । 

रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन थिए ।  रानामगरको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।
यता कांग्रेसबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी थिए । 

यादवलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाको समर्थन थियो ।  नेमकिपाले सभामुखका दुवै उम्मेदवारलाई मत दिन्न भन्नेमा मत दिएको छ । 

प्रतिनिधिसभाको अर्को बैठक १० माघ मंगलबार दिउँसो १ बजे बस्नेछ । 

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ५ : ३४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर