ललितपुर बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न | Khabarhub Khabarhub

ललितपुर बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नयाँ कार्यसमितिका लागि बिहान ८ बजेदेखि सुरू मतदान सम्पन्न भएको हो । कुल आठ सय १२ मतदाता रहेकामा छ सय मत खसेको छ । केही समयमा मतगणना सुरू हुनेछ ।

नयाँ नेतृत्वका लागि दुई समूहले उम्मेदवारी दिएका छन् । निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशिकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

बृहत् प्रगतिशील र लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला) मा सजनी श्रेष्ठले उम्मेदवारी दिएकी छिन् भने महिला सदस्यमा सावन्ता थापा र शिरिसा श्रेष्ठका साथै  सदस्यहरूमा सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिएका छन् ।

त्यस्तै गणतान्त्रिक समूहबाट उपाध्यक्षमा बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जनले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की तथा सदस्यहरूमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगीले उम्मेदवारी दिएका छन् । निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ६ : ४७ बजे

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशमा पिँडालुको कलिलो पात, दूध र दही