महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई « Khabarhub

महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । प्रदेश नं १ ले दिएको एक सय दुई रनको लक्ष्य पाएको सुदूरपश्चिमले एक बल बाँकी छँदा लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमको जितका लागि अन्तिम ओभरमा आठ रन आवश्यक आवश्यक थियो । जसमा ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरी टिमलाई विजयी बनाइन् । खेलको सुरुआतमा राम्रो प्रदर्शन नसकेको सुदूरपश्चिमको खेल मध्यक्रमका ब्याटर सम्झना खड्का र डली भट्टले सम्हालेका थिए । सम्झनाले ३३ बलमा दुई चौकासहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा एक चौका र दुई छक्कासहित २२ रनको योगदान दिएकी थिइन् । कविता १९ रनमा अविजित भइन् । बलिङतर्फ सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र संगीता राईले १(१ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । प्रदेश नं १ का लागि ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुआती साझेदारी गरेका थिए ।

रुविना १४ रन बनाएर आउट भएपछि अप्सरी बेगम र  काजलले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । अप्सरी १५ रन बनाएर आउट भएकी थिइन् । विजयी भएको सुदूरपश्चिमले नगद पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बुझाएको प्रदेश नं १ ले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ०८ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको

रवि-बालेनबिनै सुरू भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा