मौसम परिवर्तनसँगै देखिने स्वास्थ्य समस्या र बच्ने उपाय | Khabarhub Khabarhub

मौसम परिवर्तनसँगै देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

'स्वास्थ्यका लागि सात घण्टा निन्द्रा अवश्यक'


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अहिले विस्तारै जाडो घटेर गर्मी बढ्ने क्रम सुरु भएको छ। मौसम परिवर्तनले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ। मौसम परिवर्तनसँगै शारीरिक अवस्थामा पनि धेरै परिवर्तन भइरहेको हुन्छ। विशेष गरेर यो मौसममा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ।

मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै अत्याधिक प्रदूषण हुने भएकाले स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन्। यस्तो मौसममा स्वास्थ्यमा देखिएको समस्याको पहिचान गर्नसमेत समस्या भएको पाइन्छ।

मौसम परिवर्तन भइरहेको समयमा जथाभावी खाने र खानपानमा ध्यान नदिँदा बिरामी पर्नुका साथै अन्य इन्सफेक्सन हुने सम्भावना उत्तिकै हुन्छ। मौसम परिवर्तनको समयमा हाम्रो शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुनसक्छ। स्वास्थ्य जीवनका लागि हरेक पक्षको ख्याल गर्नुपर्छ।

भाइरल संक्रमण वा ब्याक्टेरिया इन्फेक्सन भएमा के गर्ने ?
मौसम परिवर्तन हुँदै गर्दा शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने जस्ता लक्षण देखा पर्छन्। यस्ता लक्षणहरू एक दुई दिनसम्म देखियो भने भाइरल इन्फेक्सन भएको हुनसक्छ।

सामान्य रुपमा लाग्ने मौसमी रुघाखोकीको वास्ता गरिएन भने भविष्यमा जटिल रूप लिन सक्छ। कुनै पनि रोगको पहिलो लक्षण रुघाखोकी हुनसक्छ। यदि रुघाखोकीको समयमै उपचार हुन सकेन भने घाँटी, फोक्सो, कलेजो, पेट र टाउकोमा इन्फेक्सन हुन्छ।
यस्ता सङ्क्रमणबाट बच्न वा उपचारका लागि सर्वप्रथम रोगको पहिचान गर्नुपर्छ। यस्तो समयमा ज्वरो, रुघाखोकी आएमा भाइरल संक्रमण हो वा अन्य कारणले भएको हो, यो पत्ता लगाउनुपर्छ।

भाइरल संक्रमण भएमा घरमै प्रशस्त मात्रामा शुद्ध पानी पिउने, हरियो सागसब्जी, फलफूल खानुपर्छ। तर ब्याक्टेरियल इन्फेक्सन भएमा, लामो समयसम्म ठिक नभएमा चिकित्सकसँग परामर्श लिनुपर्छ।

बच्ने उपाय
यस्ता संक्रमित रोगहरू सजिलै खोकी र खकारको माध्यमबाट अन्य व्यक्तिमा सर्न सक्छन्। त्यसैले भीडभाडबाट टाढा बस्नु राम्रो हुन्छ। यस्तो समयमा प्रशस्त मात्रमा शुद्ध पानी पिउनुपर्छ। स्वास्थ्य खाना खाने र मास्क लगाएर हिँड्ने बानीको विकासले सङ्क्रमणबाट केही हदसम्म जोगाउन सक्छ।

यो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकालेसमेत संक्रमण छिटो फैलिएको पाइन्छ। ज्येष्ठ नागरिक र बालबालिकालाई संक्रमण छिट्टै हुने भएकाले विशेष ध्यान दिनुपर्छ।

यस्ता समस्या हुनै नदिनका लागि अहिले बजारमा धेरै किसिमका भ्याक्सिन आइसकेका छन्। त्यस्ता भ्याक्सिनले रोगसँग लड्ने क्षमता बढाउँछ। साथै खानपिनमा पनि उत्तिकै ध्यान दिनुपर्छ। यस्ता रोगलाई घरेलु खानपानले पनि कम गर्न सकिन्छ।

शारीरिक व्यायाम वा हरेक दिन बिहान आधा घण्टा हिँड्ने बानीले पनि यस्ता समस्याबाट बच्न सकिन्छ। साथै आरामको पनि उत्तिकै जरुरी हुन्छ। सामान्यतया एक व्यक्ति स्वास्थ्य हुनका लागि दैनिक ६ देखि ७ घण्टा सुत्नैपर्ने हुन्छ। (अल्का अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. प्रेम पाण्डेसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ९ : ११ बजे

बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू) 

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर