कुनै नेतामा राजनीतिक संस्कार नै छैन | Khabarhub Khabarhub

कुनै नेतामा राजनीतिक संस्कार नै छैन

नेताले राम्रो काम गरेको भए राजाले बोल्ने आँट गर्ने थिएनन्


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अहिले सबैभन्दा महत्त्वको विषय राष्ट्रपति पद भएको छ। दलको गतिविधि हेर्दा यो पदलाई निकै शक्तिशाली बनाउन खोजिएको छ। अहिले कायम रहेको राष्ट्रपति पदमा अब नयाँ राष्ट्रपति को आउने ? राष्ट्रपति कसलाई बनाउने ? भन्ने विषय पेचिलो बनेको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पुस १० गते गरेको सहमति भन्दा फरक ढंगले नयाँ गठबन्धन चर्चामा छ। यो गठबन्धन रहने नरहने अवस्था सिर्जना भइसकेको छ। तर अझैसम्म नेताहरुले प्रयास भने जारी राखेका छन्। राष्ट्रपति पदमा पूर्व प्रधानन्यायाधीशदेखि न्यायाधीशसम्म ल्याउनुपर्छ भन्ने चर्चा र छलफल भएको छ। पार्टी भित्रबाट भन्दा पनि बाहिरको शक्तिशाली व्यक्तिलाई ल्याउनुपर्छ भन्ने आवाज पनि उठेको छ। प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले अब देश यस्तो अवस्थामा चल्नु नहुने बताएका छन्। भ्रष्टाचार र कुशासनले थिलथिलिएको देश अब सहन नसकिने आशयको उनको वक्तव्य सार्वजनिक भएको हो। उनले राजनीतिक दललाई सहकार्य गर्न अपिलसमेत गरेका छन्। सहकार्यका लागि उनको यो आह्वान हो। राष्ट्रपति पदमा यस्तो प्रकारको लुछाचुडी हुनु र पुरानो गठबन्धन भत्केर अर्को नयाँ गठबन्धन नेपाली कांग्रेससहित पुरानो पाँच दलीय गठबन्धनलाई ब्यूत्याउँने प्रयाससम्मको छलफल अगाडि बढेको छ। यसले नेपालको राजनीति कता जाँदै छ ? यही विषयमा आधारित रहेर सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

पूर्व राजा ज्ञानेन्द्रको विज्ञप्ति कसरी आएको हो ?
यसमा कुनै आपत्ति गर्नु पर्ने कारण देख्दिन। खास यो देशमा कोही सुध्रिएको देख्दिन। कसैले पनि कसैको अस्तित्व स्वीकार गर्दैन। कसैले पनि अर्को पाटीलाई रुचाउँदैन। जो आए पनि तानाशाह प्रवृत्ति देखिन्छ। समाज र देशमा शान्ति भंग गर्ने काम उनीहरुबाटै भएको छ। खास गरेर कुनै पनि नेतामा राजनीतिक संस्कार नै छैन। सरकार र राजनीतिको कुनै मूल्य मान्यता नै नभएको जस्तो छ। एक अर्कोको विरोध गरेर उच्चता र निचताको भावना पैदा गरेको अवस्था रहेको छ।

पूर्व राजा ज्ञानेन्द्रबाट जस्तो चिन्ता व्यक्त भएको छ त्यो चिन्ता अनुसार देश अगाडि बढेको तथा चिन्ताको लागि चिन्ता मात्र हो ?
जो मान्छे नेतृत्वमा पुगेको थियो त्यसले देशको हालत बुझको हुन्छ। नेतृत्वमा पुगेको मान्छे सधैं धेरै बोल्दैन। समय अथवा मौका कुरेर मात्र बोल्छ। उसले कसैप्रति आरोप प्रतिआरोपको भावना राख्दैन। संविधानले राजालाई ठाउँ दिएको छैन। संविधानले गणतन्त्रलाई प्राथमिकता दिएको छ। तर पूर्व सरकार र राष्ट्र प्रमुखको हैसियत कसैले खोसेको छैन।

राजाले राजनीतिक दलसँग सहकार्य गर्ने भनेको के हो ?
नगरे हुन्छ त्यसप्रति ध्यानाकर्षण हटाए भयो। यसमा कुनै जबरजस्ती छैन। ज्ञानेन्द्रको रगतमा नै राजनीति रहेको छ। दर्जनौँ काण्ड छन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छोपछाप गरेर मात्र अनुसन्धान नभएको हो। बरु जसले विरोध गर्छ त्यसमा बढी आरोप लागेको छ। जनतापछि लागेर मात्र अनुसन्धान रोकिएको हो।

यस तरिकाले जाने हो भने देशको अस्तित्व नै नरहने भयो। अब हामी सहँदैनौँ भनेको के हो ?बजार पुग्दा १० चिजबाट छानेर एउटा मात्र किन्नु परेमा मानिस नै अलमलमा पर्छ। तर दुई चिजमा एक किन्नु परेमा धेरै सहज हुन्छ। त्यस्तो अहिलेको राजनीतिमा पनि भएको छ। अब आउने राष्ट्रपति पदको लागि लुछाचुडी भइरहेको अवस्था छ। अर्को विद्यादेवी भण्डारीको खोजी भइरहेको छ। जस कारण देशको अस्तित्व मात्र नभएर केही कुरा पनि सकारात्मक रूपमा जान्छ जस्तो लाग्दैन।

गणतन्त्र छोडेर राष्ट्रपतिको ठाउँमा बस्न पूर्व राजाले खोजेको के हो ?
राजा देशभक्त मान्छे हो। देशलाई माया गर्ने व्यक्ति हो। उहाँको हक अधिकारमा दखल दिन मिल्दैन।

यो पटक पटकको विज्ञप्तिमा पूर्व राजाले केही न कहीँ मलाई स्थान चाहिन्छ भन्ने खालको आशय झल्कन्छ। यसलाई कसरी हेर्नुहुन्छ ?
राजाले माग गर्न पाउनुपर्छ। त्यो उनको हक अधिकार हो। राप्रपाले झन् हाम्रो माग नै त्यो हो भनेको छ। सम्मान पाउने आफ्नो व्यवहार र कामको कारणले हो। त्यो आफूले मजबुत बनाउनु पर्छ।

१७ वर्ष पछाडि आएर राजनीतिक दलसँग सहकार्य गर्ने भन्नुको पछाडिको रहस्य के हो ?२०७२ सालको संविधान पछिका नेताले राम्रो कार्य गरेको भए ज्ञानेन्द्रले त्यो बोल्ने आँट गर्ने
नै थिएनन्। संसद् दुई पटक विघटन भएपछि राजाले बोल्ने आँट गरेका हुन्। अझ ढिलो बोले जस्तो भान मलाई भएको छ। सत्य कुराको आग्रह गरेको छ। म यो बोलीलाई बलवान रहेको मान्छु।

अहिलेको समयमा तटस्थ भएर काम गर्छु भन्ने खालको मान्छे देख्नु भएको छ ?
संविधानमा नै राष्ट्रपतिले स्पष्ट रुपमा संविधानको पालना गर्नुपर्छ भनेर लेखिएको छ। राष्ट्रपति बनेपछि संविधानको पालना गर्छु भनेर शपथ लिनुपर्छ। अहिले राष्ट्रपतिले त्यो उलंघन गरेको देखिन्छ। अब तपाईं हामी सचेत रहनुपर्छ। दोस्रो विद्यादेवी भण्डारी कोही पनि बन्नु हुँदैन। अहिले यो मुलुकलाई जीवित भएको भए कृष्णप्रसाद भटराई जस्तो मान्छेको खाँचो छ। जसले देशको नेतृत्व गर्दा राजनीतिमा राम्रो गाइडलाइन दिन सक्नुपर्छ।

राष्ट्रपति विदेशीले छान्ने भए भन्ने चर्चा पनि छ। यसमा तपाईं के देख्नु हुन्छ ?
यो एक सत्य हो जस्तो देखिन्छ। विदेशी एनजीओ र आईएनजीओको सक्रियता देखिन्छ। मिडियामा आएको कुरालाई हेर्दा पनि त्यो अनुमान गर्न सकिन्छ। देशको विकास विदेशीको चाहनामा होइन जनताको चाहनामा मात्र हुन्छ भन्ने कुरा हाम्रा नेताले बुझ्नु जरुरी छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ११ : ०० बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा