इन्दिरा जोशीको ‘ॐ नम: शिवाय’ सार्वजनिक (भिडियो) « Khabarhub

इन्दिरा जोशीको ‘ॐ नम: शिवाय’ सार्वजनिक (भिडियो)


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित गायिका इन्दिरा जोशीको ‘ॐ नम: शिवाय’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  गायिका इन्दिराकै शब्द तथा संगीत रहेको ‘ॐ नव: शिवाय’ को एरेन्ज सक्षम श्रेष्ठले गरेका हुन् ।

युवापुस्ताहरूलाई लक्षित गरेर बनाइएको गीतको शैली नयाँ छ । जुन अन्तर्राष्ट्रियस्तरमा पनि प्रचलित भएको इन्दिरा बताउँछिन् । पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको सार्वजनिक भिडियोमा  इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा जय शम्भु भोले जय जय भन्दै देखापरेकी छिन् । जसको भिडियोमा पनि नयाँ प्रयोग गरिएको छ ।

३ मिनेट लामो भिडियोमा इन्दिराले भगवान शिवको महिमाको वर्णन गरेकी छिन् । इन्दिरा आफू कलाकारितामा लाग्नु अघिदेखि नै शिवको भक्त रहेको बताउँछिन् । गौरव बिष्ट र झोलेको  छायांकन, गौरव बिष्टकै सम्पादन तथा मिन रावलको कलरिङ रहेको भिडियोको निर्देशन सक्षम श्रेष्ठले गरेका हुन् । भिडियो इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ११ : ०८ बजे

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष