पर्यटकीय गन्तव्य बन्दै सर्लाहीको भरत ताल « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै सर्लाहीको भरत ताल


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधीन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ।

मानव निर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब ९८ करोड रुपैयाँ खर्च भएको बाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए। बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन अझै एक अर्ब रुपैयाँ लगानी गरिने र उक्त ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ।

बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जङ्गल सफारी, शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनोसहितको होटेल निर्माण भइरहेको बाग्मती–१२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए। ‘भरत ताललाई बाग्मती नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा अघि बढाउँदै छौँ, ताललाई मधेस प्रदेशकै ‘हब’ बनाउने योजना छ’, उनले भने।

नगरको बजेट, सङ्घ र प्रदेशबाट आएको अनुदानका साथै बजेट थपेर तालको काम पूरा गर्ने नगरप्रमुख थापाले बताए । ‘तालको काम २० देखि २५ प्रतिशतसम्म मात्र  भएको छ, तीन वर्षभित्र बहुउद्देश्यीय परियोजनाको सम्पूर्ण काम सक्ने रणनीति बनाएका छौँ’, उनले भने। तालमा माछा र हाँसपालन थालिएको छ। यसबाट आम्दानी बढाउन मद्दत पुग्ने नगरपालिकाले जनाएको छ ।

ताल रहेको एक सय २१ बिघामा बहुउद्देश्यीय परियोजना सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन्। ‘बाग्मती नदीको बगरलाई प्रयोग गरेका छौँ, यो नगरपालिकाभित्र र नगरकै विकास तथा समृद्धिका लागि प्रयोग गरिँदै छ’, उनले भनिन्।

यहाँ विशेष गरी आन्तरिक र भारतीय पर्यटक आउने गरेका छन्। वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्ने गरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ। तालमा अहिले दैनिक पाँच सय जनाले रोजगारी पाएका छन् । तालमा अहिले साना ठूला गरेर करिब ४० डुङ्गा सञ्चालनमा छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  २ : ५७ बजे

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक