जर्मन–दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन « Khabarhub

जर्मन–दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको भ्रमणमा रहेको जर्मन–दक्षिण एसियाली संसदीय समूहको टोलीले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदास्थलको अवलोकन गरेको छ । भक्तपुरको दरबार क्षेत्रको अवलोकनमा आएको जर्मन–दक्षिण एसियाली संसदीय समूहमा सदस्य रेनेट कुनास्ट, एन्ड्रियास लरेम, पाउल लेहेरेदर, रिया स्क्रोडर, माल्टी काउफमान, अन्ड्रे हान, सोफिया तुम्स्का र सेबास्टियन स्केनेडरलगायतको सहभागिता रहेको थियो ।

सो टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी लगाएर स्वागत गरे। टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा राष्ट्रिय कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको अवलोकन गरेको थियो ।

जर्मन प्रोजेक्टले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा सुधार गर्न विगतमा पु¥याएको सहयोगको स्मरण गर्दै नगर प्रमुख प्रजापतिले जर्मनीलाई भक्तपुरका जनताले नबिर्सने बताए । भक्तपुरको मौलिक कला संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले काम गर्दै आइरहेको टोलीलाई जानकारी गराउँदै उनले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

नगर प्रमुख प्रजापतिले भक्तपुर घुम्न आउने पर्यटकबाट उठेको पर्यटन शुल्कको रकमबाट भक्तपुरको सम्पदा संरक्षण, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गर्दै आइरहेको जानकारी गराए । प्रतिनिधिमण्डलका तर्फबाट जर्मन–दक्षिण एसियाली संसदीय समूहका सदस्य रेनेट कुनास्टले जर्मनी र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताउँदै भक्तपुरको कला संस्कृति र मौलिकता संरक्षणबाट आफूहरू निकै प्रभावित भएको बताए ।

नेपालको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक वैभवता नै यहाँका विकासका आधारहरू भएको बताउँदै उनले भक्तपुर नपाबाट भइरहेको सम्पदा संरक्षण आफैँमा गौरवको विषय भएको बताए । जर्मन सरकारले भक्तपुरको सम्पदा पुनःनिर्माणमा चासोपूर्वक सहयोग गर्दै आइरहेको बताउँदै उनले नेपालको परम्परागत कृषि विधिलाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिनु आवश्यक रहेको सुनाए । नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ३५ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य