उपनिर्वाचनका लागि चैत ८-१२ गतेभित्र दल दर्ता गराइसक्नु पर्ने « Khabarhub

उपनिर्वाचनका लागि चैत ८-१२ गतेभित्र दल दर्ता गराइसक्नु पर्ने


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आव्हान गरेको छ ।

वैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आव्हान गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिँदा बारा–२ रिक्त हुन पुगेको थियो । तनहुँ–२ वाट  निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।

आयोगको सोमबारको निर्णय अनुसार रिक्त रहेका स्थानमा प्रतिनिधि सभा सदस्य चयनका आयोगले दल दर्ताका लागि समय छुटाएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : ४८ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे