आप्रवासीको क्यानडा मोह | Khabarhub Khabarhub

आप्रवासीको क्यानडा मोह


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गत वर्ष मात्र शरणार्थी हुने चाहनामा ४० हजार जनाले न्युयोर्कबाट ग्रामीण क्षेत्र पार गर्दै अघोषित सीमा मार्फत क्यानडा पुगे। अमेरिका भन्दा शरणार्थीलाई क्यानडाले न्यानो स्वागत र आतिथ्य दिने सोचसहित उनीहरू त्यहाँ पुगेका हुन्।

हिउँ परेको दिन रोक्ज्यामको सडक चिसो र शान्त छ। हिउँमा फाट्टफुट्ट पदचाप भेटिन्छन्। उनीहरूलाई गिरफ्तार गर्न सीमामा खासै मानिस भेटिँदैनन्। प्रत्येक दिन १ सय ५० जनाको हाराहारीमा मानिसहरू उज्ज्वल भविष्यको खोजीमा क्यानडा पुग्ने गरेका छन्। अमेरिकाबाट शरणार्थीको रूपमा क्यानडा पुग्नका लागि यो महत्त्वपूर्ण ठानिएको छ। सहज भविष्यको कल्पना गर्दै त्यहाँ पुगे पनि त्यस पछिको भविष्य के ? भन्ने प्रश्न छ। सन् २०१७ मा आप्रवासी सीमा पार गर्ने क्रममा झडप भएका कारण रोक्ज्यामको सडकको चर्चा भइरहेको हुन्छ।

कसैले यसै घटनामा लोकप्रियता कमाउनका लागि सामाजिक सञ्जालको उपयोग गरेका थिए। जे होस्, त्यो एउटा विवादास्पद समय थियो। यसरी ठूलो लस्कर नै लागेर सीमा पार गर्न थालेपछि यसले दुवै देशको सीमामा रहेकामा केही निराशा पनि नथपिएको होइन। एक समय त मन्ट्रियलको ओलम्पिक रङ्गशालामा नयाँ आएका आप्रवासीको वासस्थानमा नै परिणत भएको थियो। क्यानडा सिधै बस्न पाउने स्थान होइन भनेर त्यहाँको सङ्घीय सरकारले आप्रवासीलाई अप्रत्यक्ष भाषामा चेतावनी दिएको थियो।

कोभिड–१९ महामारीको समयमा स्वास्थ्य प्रोटोकलका कारण त्यहाँ प्रवेश गर्नेको सङ्ख्या घटेको थियो। तर, त्यो सङ्ख्या अहिले फेरि बढ्न थालेको छ। १६ हप्ता अगाडि सुरक्षा प्रोटोकल हटाइएपछि नै शरणार्थीको चाहना राख्नेहरू त्यहाँ आइ पुगेका हुन्।

राजनीतिक अस्थिरता र समूहगत झडपका कारण हाइटीबाट धेरै जना त्यहाँ पुगेका छन्। दक्षिण अमेरिकी देश भेनेजुएला र कोलम्बियाबाट पनि त्यहाँ मानिसहरू पुग्ने गरेका छन्। त्यसो त असामान्य अवस्थाका कारण अफगानिस्तानबाट पनि मानिसहरू त्यहाँ पुग्ने गरेका छन्।

राष्ट्रपति जो वाइडेनले पनि ट्रम्प कार्यकालमै महामारी नीतिलाई लामो समय निरन्तरता दिएका थिए। सो नीति अन्तरगत टाइटल ४२ पनि जसले मेक्सिको र अमेरिकी सीमामा केही आप्रवासीलाई रोकेको थियो।

धेरै आप्रवासीलाई अमेरिका आफ्नो देश जस्तो लाग्दैन। उनीहरूले त्यस देशले आफूलाई स्वागत नगरी रहेको महसुस गर्दा लामो समय लाग्ने गरेको छ। त्यसपछि नै उनीहरू क्यानडाका विकल्प खोज्ने गरेका छन्।
क्रिसमसको दुई दिनपछि क्यानडा पुगेका जोसअवा अन्य दुई आप्रवासीसँग मिलेर फ्लायट लिएर बस्ने गरेका छन्। भेनेजुएलाका उनी निर्वासित हुँदै पाँच वर्ष चिलीमा जीवन बिताएका थिए। कुनै यात्रा डकुमेन्ट बिना नै हिँडेका उनले त्यहीबाट क्यानडा प्रवेश गर्ने सोच बनाएका हुन्।

‘अन्य देश यहाँ जस्तो हार्दिकतापूर्ण व्यवहार गर्दैनन्। आप्रवासीलाई भिन्न खालका व्यवहार हुने गरेको छ,’ जोसअवाले भने। दुई दशक अगाडि नै भएको क्यानडा र अमेरिकाबीचको सम्झौता पनि एउटा कारण हो। त्यस अनुसार, आप्रवासीले सबै प्रक्रिया अगाडि बढाउन आफू पहिला पुगेको देशमा सबै दर्ता गर्नुपर्ने छ।

अमेरिकाबाट क्यानडा प्रस्थान गर्ने आप्रवासी फर्कनु पर्ने अवस्था पनि आउन सक्थ्यो। तर, रोक्ज्यामको सडक एउटा मुख्य स्थान हो। जहाँबाट मानिसहरू सहजै सीमा पार गर्न सक्थे।

त्यसै समयमा अमेरिकी प्रधानमन्त्री जस्टिन ट्रोडेउले सीमा बन्द गर्ने प्रस्तावलाई अस्वीकार गरेका थिए। उनले जहाँबाट भए पनि पार गर्ने नीति आप्रवासीले लिने र नयाँ जोखिम उत्पन्न हुने सम्भावना व्यक्त गरेका थिए। उनले अमेरिकी राष्ट्रपति जो वाइडेन मन्ट्रियल भ्रमणमा गएको समयमा यो विषयमा कुरा उठाउन खोजेका थिए।

नयाँ आप्रवासीको चापका कारण पनि प्रधानमन्त्री दबाबमा रहेका छन्। खास गरी क्युबिकमा जहाँ धेरै आप्रवासी छन्। क्युबिकका प्रिमियर फ्रान्सेस्को लिगाउट प्रान्तको अवस्था खराब भएको बताउँछन्। ‘ आप्रवासीलाई सम्मानपूर्वक राख्नका लागि अहिले कठिनाइ भइरहेको छ’, फेब्रुअरी महिनामा उनले भने।

आप्रवासीको सङ्ख्या यसरी बढेको छ कि त्यसले अमेरिकालाई समेत चिन्तामा पारेको छ। जनवरी महिनामा ५३ हजार रहेको स्थानमा डिसेम्बर महिनामा ७१ हजार पुगेका थिए। यो आफैमा चिन्ताको विषय हो। यो २६ प्रतिशतले वृद्धि हो। गत वर्ष आप्रवासीले बसोबासको सुविधा माग गर्दा २८ प्रतिशतको निवेदन अस्वीकृत भएको थियो।

वर्क परमिटका लागि समेत त्यहाँ धेरै लामो प्रक्रिया छ। मन्ट्रियलमा आइपुग्ने नयाँ व्यक्तिका लागि काम गर्ने मार्सिया पोइजनले आइडी प्रक्रिया दुई वर्ष लामो हुने बताएकी छिन्। धेरैले पाउनु पर्ने सुविधासमेत पाएका छैनन्। फुड बैङ्कको सुविधा समेत उनीहरूले पाएनन्। ‘ कतिपय टेबुल मनी बसेर काम गर्नुपर्ने अवस्था छ,’ मन्ट्रियलमा रहेर आप्रवासीलाई सहयोग गरिरहेकी कानुन व्यवसायी सुजना टाफोटले भनिन्। थप सरकारी सहयोगको अभावमा धेरै जना आत्तिएको समेत उनी बताउँछिन्।

‘हामी असक्तको बारे साँच्चै चिन्तित छौं। जसको समस्या छ। जसले भाषा जान्दैनन्। जसलाई धेरै सहयोगको आवश्यकता छ, हामी उनीहरूका बारे सचेत छौं,’ उनले भनिन्।

उत्तरी सीमामा समस्या बढी रहेको विषयमा रिपब्लिकको विधायकले बारम्बार प्रश्न उठाएका छन्। उनीहरूले जबरजस्ती क्यानडा पुगेकाहरू त्यहाँ काम नपाएर गम्भीर भएको बताएका छन्।

यी यावत चुनौतीका बाबजुद रोक्ज्याकको सीमाबाट पार गर्ने आप्रवासीको सङ्ख्यामा कमी आएको छैन। जाडोले कठ्याङ्ग्रिएको समयमा समेत त्यहाँ मानिसको आवतजावत एकदमै छ। भीड घटेको छैन।

न्युयोर्कका ट्यक्सी ड्राइभर टेरी प्रोभोस्ट र टेलर टाम्बीनीका अनुसार प्लाट्सबर्गको बस स्टेसनबाट आप्रवासीलाई ओसार्ने काम गर्छन्। यात्राको अन्तिम पैसा नदिने यात्रुको पनि उनीहरूले सामना गरेका छन्। प्रोभा्स्टले एक यात्रुलाई देखाउँदै भने, ‘उसँग पैसा छैन। मैले त्यत्तिकै सहयोग गरेको हुँ।’

उनीहरू सीमा पार गरि सकेपछि एक पटक प्रहरीको जोखिममा पर्ने गर्छन्। उनीहरूलाई थर्काउने समेत गरिन्छ। रोयल क्यानेडियन माउन्टेन पुलिसले थर्काउने गरेको छ।

क्यानडा पार गरिसकेपछि एउटा सानो बाटो पार हुँदै बीच बजारमा मिसिएपछि उनीहरू सुरक्षित ठान्ने गरेका छन्। उनीहरूले आफूलाई सुरक्षित ठाने जस्तो सहज जीवन भने त्यहाँ छैन। स्रोत: बीबीसी

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : ५३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको