‘मैसाब’ गीतको म्युजिक भिडियो सार्वजनिक   « Khabarhub

‘मैसाब’ गीतको म्युजिक भिडियो सार्वजनिक  


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्चित मोडल गणेश भट्ट अभिनीत मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।

सुमन परियार र सुनिता हमाल ठकुरीको स्वरमा रहेको गीतमा रमेश विजीको शब्द रहेको छ। गीतमा सुमन परियारले नै संगित भरेका छन्। शिवजी क्षत्री निर्देशित गीतको म्युजिक भिडियोमा भट्टलाई पछिल्लो समयकी चर्चित मोडल अस्तिता रनपालले साथ दिएकी छन्।

शिवजी डान्स सेन्टरका निर्देशकसमेत रहेका क्षत्रीले गीतको कथावस्तु नविन रहेको र यसमा आफूहरूले ठूलो मिहिनेत गरेको बताए। ‘हामी सांगीतिक क्षेत्रमा केही फरक र नविन गर्न चाहन्छौं। हामीले यसअघि पनि थुप्रै गीत निर्देशन गरिसकेका छौं। हाम्रा प्रस्तुतिहरूलाई दर्शकले औधी रुचाउँदै आउनु भएको छ। विगतमा झैँ यस गीतलाई पनि यहाँहरूले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने।

मोडल भट्टले यो आफ्नो अभिनय जीवनको नविन र विशिष्ट प्रयास भएको बताए। ‘मैले गीतका लागि अभिनयमा निकै मिहिनेत गरेको छु। यसअघि उत्कृष्ट अभिनय गरेवापत राष्ट्रकै ऐतिहासिक रारा म्युजिक अवार्डबाट राष्ट्रपतिको हातबाट सम्मानित हुने अवसर पाएको छु,’ उनले भने।

हेर्नुस् भिडियो 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : ५४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस