ऊर्जा क्षेत्रको अवसरलाई कार्यान्वयन गरेर देखाउनुपर्छ « Khabarhub

ऊर्जा क्षेत्रको अवसरलाई कार्यान्वयन गरेर देखाउनुपर्छ



हामीले अवसर भन्छौँ। अवसर भनेको त हिजो भन्दा आज र भोलि थप राम्रो होस् भन्ने हो। ऊर्जालाई कोमोडिटीको रूपमा हेरेर यसलाई सेल गरेर आउने रेभिन्यु हिजो र आज उत्तिनै भयो भने त्यो अवसर नै भएन। रेभिन्यु कन्स्ट्यान्स छ भने उसको रेभिन्यु प्रोडक्स गर्ने कष्ट घट्नुपर्छ।

मूल्य दैनिक रूपमा बढ्दै जाने रेभिन्यु कन्स्ट्यान्स हुने हुँदा त अवसर कसरी सिर्जना हुन्छ ? एक हजार रुपैयाँमा बनाएर एक सयमा नै बेच्ने हो भने त ४० हजार मेगाबाट हाम्रो क्षमतामा जति धेरै बनाउँछौँ त्यति नै घाटा हुन्छ। त्यसैले पहिलादेखि नै हेर्ने हो भने कष्ट अनुसारले रेभिन्यु बढ्न सकेको छैन।

हाम्रो ४० हजार मेगावाट बनाउने क्षमता हो भने त्यो क्षमताको लागि हामीसँग कति स्रोत साधन के कति छन् त ? भनेर हामीले अन्य क्षेत्रको र हाम्रो मूल्य तुलना गरेर जानुपर्ने हुन्छ। हाम्रो उत्पादन लागत ३० प्रतिशत जति बढी छ। भनेपछि मूल्य उपयुक्त भएन भने त्यसले कसरी बेच्न सकिन्छ ? त्यसैले सुरुमा मूल्य वृद्धि हुनु हुँदैन।

हाम्रो लागत किन वृद्धि भएको छ त भन्दा हाम्रो स्थानीय सामानबाहेक सबै आयात गर्नुपर्ने, फरेन करेन्सीको एक्सचेन्ज रेट दिन दिनै बढेर जाने हुन्छ। त्यो ग्याप कसरी मिट गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ ?

हामीसँग पानी छ भने, त्यसलाई उपयोग हामीले गर्ने हो। जसरी बाटोमा दूध फाल्नु पर्ने अवस्था आयो। त्यसरी ट्रान्समिसन लाइन नभएको कारण रेडी भएका प्रोजेक्ट बिजुली उत्पादन हुन नसकेर बसेका छन्। यो सबैमा आर्थिक समस्या लगायत यावतका समस्या छन्। सबै कुरा नाफासँग गएर जोडिन्छ।

अब ४० हजार मेगावाट बनाउने हो भने सरकारले मात्र गर्ने सक्ने कुरा हुँदैन। त्यसको लागि निजी क्षेत्र वा अरू एफडिआई ल्याउनुपर्छ। त्यसको लागि हाम्रोमा टेक्निकललगायतका यावत समस्या छन्।

हाम्रोमा नामसारी दस्तुर जग्गाको रजिस्ट्रेसन दस्तुर बढाउने र रेभिन्यु संकलन गर्ने भनेर एउटा समिति बन्छ र त्यसले उक्त ठाउँ अनुसारको जग्गाको मूल्य तोक्छ। एक लाखमा बिक्री नहुने जग्गाको मूल्य १० लाख भन्छ।

बुट मोडलका प्रोजेक्ट सरकारले तयार गरेर तिमी बनाऊ भनेर दिनुपर्छ। तर त्यो भएको छैन। त्यस कारण हाम्रो कष्ट २० देखि २२ करोड पर मेगावाट हुन्छ। यो अझै पनि बढ्दै जान्छ। त्यस कारण हामीसँग क्षमता छ भनेर मात्र हुँदैन कार्यान्वयन गरेर देखाउनुपर्छ।

(खबरहबले आयोजना गरेको ‘ऊर्जा क्षेत्रमा चुनौती र अवसर-अन्तरक्रिया’ कार्यक्रममा चार्टर्ड अकाउन्टेट घनश्याम पौडेलले राखेको धारणा)

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : ३८ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९