सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : कांग्रेस नेता महर « Khabarhub

सरकारमा जानुअघि न्यूनतम साझा कार्यक्रम ल्याऔँ : कांग्रेस नेता महर


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुअघि पार्टीभित्र छलफल गरी न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले न्यूनतम साझा कार्यक्रम तय गरी सत्ता साझेदार दलका बीचमा छलफल गराउनुपर्ने बताए । उनले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्नेमा जोड दिए ।

“सरकारमा सहभागी हुनु ठूलो कुरा होइन, सहभागी हुनुभन्दा पहिले गठवन्धनका दलबीच छलफल गरी न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ”, उनले भने, “त्यसपछि मात्र सरकारमा सहभागिता हुँदा राम्रो हुन्छ ।”

मुलुकको आर्थिक अवस्था सङ्कटोन्मुख हुँदै गएको भन्दै उनले उक्त समस्या समाधान गर्ने गरी न्यूनतम साझा कार्यक्रम बनाइनुपर्नेमा जोड दिए ।

“आम जनता मलदेखि ढलसम्मको समस्या भोग्न बाध्य छन् । महँगीले दिनहुँ आकाश छुँदैछ । दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने मजदुरलाई जीविकोपार्जन गाह्रो भइसकेको छ”, उनले भने ।

उनले देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरी गठबन्धनमा आबद्ध दलमाझ लैजानुपर्ने धारणा राखे ।

“चुनावअघिको गठबन्धन फेरि बनेको छ, हामीप्रति जनताको ठूलो आशा पनि छ”, उनले भने, “जनतालाई लोकतन्त्रप्रति विश्वास दिलाउन मुलुककै ठूलो लोकतान्त्रिक पार्टी कांग्रेस जिम्मेवार बन्नुपर्छ । रणनीतिका साथ योजनाबद्ध रूपमा काम गर्नुपर्छ ।”

उनले गठबन्धनलाई जनताले संविधानको रक्षा, स्थिरता र समृद्धिको अपेक्षासहित मतदान गरेको बताए । “गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति बलियो हुनुपर्छ । युवालाई स्वरोजगार बनाउने रणनीति अवलम्बन गर्नुपर्छ, शून्य भ्रष्टाचार नीति अवलम्बन गर्नुपर्छ”, उनले भए ।

विस्तृत शान्ति सम्झौताका लागि गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै उनले मुलुकमा लोकतन्त्रको रक्षा, संविधानको सफल कार्यान्वयन र समृद्धिको बाटोमा मुलुक अग्रसर भएमात्रै उनको सपना साकार हुने धारणा राखे ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ३ : ५१ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को