स्व गिरिजाबाबु सबै दलका अभिभावक : महामन्त्री शर्मा « Khabarhub

स्व गिरिजाबाबु सबै दलका अभिभावक : महामन्त्री शर्मा


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले पूर्ण लोकतान्त्रिक गणतन्त्र स्थापना र १० वर्ष लामो कहालीलाग्दो सशस्त्र द्वन्द्व अन्त्यका लागि पु¥याएको ऐतिहासिक योगदानका कारण स्व गिरिजाप्रसाद कोइराला सबै राजनीतिक दलका लागि अभिभावक बनेको बताएका छन् ।

आज गृहजिल्ला झापाको मेचीनगरमा नेपाली कांग्रेस झापाका पूर्वउपसभापति राम कट्टेलको ‘जीवनका मोडहरू’ नामक कविता सङ्ग्रहको विमोचन गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री कोइरालाको १३ औँ स्मृति दिवसमा उहाँको योगदानहरूको चर्चा गरे ।

“पूर्वप्रधानमन्त्री स्व गिरिजाबाबुले नेतृत्व गरेकै कारण २०६२र०६३ को जनान्दोलन सफल भयो र तत्कालीन विद्रोही नेकपा माओवादीसँग शान्ति सम्झौता भयो”, महामन्त्री शर्माले भने, “उहाँले पार्टीको स्वार्थभन्दा माथि उठेर देश, जनता र लोकतान्त्रिक गणतन्त्रको हितका लागि जीवनको उत्तरार्धमा जुन ऐतिहासिक निर्णय लिनुभयो, त्यही कारण उहाँ सबै राजनीतिक दलका लागि अभिभावक बन्नुभयो ।”

महामन्त्री शर्माले झापा जिल्ला राजनीतिक र साहित्यिकरूपमा सिर्जनशील भूमि भएको धारणा व्यक्त गरे ।

विमोचित कृतिमा एक सय १० वटा कविता रहेको र अधिकांश कविता राजनीतिक र सामाजिक पृष्ठभूमिमा रचना गरिएको समीक्षक विनोद खनालले बताए। डिल्लीराम कट्टेल स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा अग्रज पत्रकार चन्द्र भण्डारी, साहित्यकार पुण्यप्रसाद खरेललगायतले कृति र कृतिकारका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १० : ०१ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु