उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान « Khabarhub

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

भोलिको बैठकमा वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।

बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय भएको बताइएको छ ।

यसैगरी कार्यकारिणी समितिको बैठकमा मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने भएको छ । जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र कति जना पठाउनेलगायतका विषयमा पनि छलफल हुने सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १० : १२ बजे

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सर्वेक्षण

संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – आज संघीय संसदको संयुक्त बैठक बस्दैछ। संघीय संसद

ए डिभिजन लिगमा आज दुई खेल हुने 

काठमाडौँ – सहिद स्मारक लिग ए डिभिजन लिग फुटबलमा आज

हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा उजुरी

हेटौँडा – जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा

१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी

इनरुवा – जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ