चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने | Khabarhub Khabarhub

चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत १७ देखि २० गतेसम्म २४औँ फ्लोरा एक्स्पो मेला आयोजना हुने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन गर्न लागिएको मेलामा ७० वटा कक्ष रहने बताइएको छ । व्यवसायी ६० वटा रहने छ भने सूचनामूलक १० कक्ष प्रदर्शनमा राखिले एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार मेलामा विभिन्न पुष्प नर्सरी, फार्म तथा संस्थाको सहभागिता रहने छ । मेलामा चार सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाको प्रदर्शन तथा खरिद बिक्री हुनेछ । नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराई पुरस्कृतसमेत मेलामा गराइनेछ ।

प्रदर्शनीले विभिन्न प्रकारका फूल बिरुवाको एकै थलोमा अवलोकन तथा खरिद गर्ने अवसरको साथै आधुनिक खेती प्रविधिबारे सूचना आदानप्रदान गर्ने अवसर दिने विश्वास एसोसिएसनले लिएको छ । मेला बिहान ९ बजेदेखि साँझ ५ः३० रहने छ ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको बताइएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको अध्यक्ष तामाङले जानकारी दिए । नेपालमा हाल व्यवसायीकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदैआएको छ ।

नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । कोरोना महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यस वर्ष लक्ष्यमा पुग्न निकै सहज हुने विश्वास एसोसिएसनले लिएको छ ।

नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १० : ४१ बजे

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न

बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र ध्वस्त (तस्बिरहरू)

काठमाडौं– मंगलबार बिहान रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको