आजको मौसम : मुलुकका पहाडी भागमा पानी पर्ने « Khabarhub

आजको मौसम : मुलुकका पहाडी भागमा पानी पर्ने


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू–भागमा आंशिकलदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : १३ बजे

विमानस्थल बन्यो, जहाज उड्ने टुङ्गो छैन

बागलुङ– बागलुङस्थित बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

बनेपा – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति  

न्युयोर्क– एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण र सुशासन

लामो प्रतिक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भारत भ्रमणमा छन्।

एमालेको सचिवालय बैठक भोलि, के छ एजेन्डा?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलि