सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल « Khabarhub

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बारा – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाद्वारा बिहीबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री रिजालले सिर्सियाको प्रदूषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सराहनीय रहेको र त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योगग्राम निर्माणका लागि पहल भइरहेको उनको भनाइ थियो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सिर्सियामा उद्योगबाट भइरहेको प्रदूषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोग आवश्यक भएको जिकिर गरेका छन् । बजेट अभावले नागरिकमुखी योजना कार्यान्वयन गर्न कठिन भएको उल्लेख गर्दै उनले यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन मन्त्री रिजालसमक्ष आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना