तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २८ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २३० रुपैयाँ, कुरिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी र गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, घिरौँला २८ रुपैयाँ, चमसूरको साग ७० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैयाँ, लोकल परवर ८० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ३० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, भिण्डी ६० रुपैयाँ केजी, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका १५ रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा १८० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ५२ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा