अब कतारबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने « Khabarhub

अब कतारबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने



दोहा – कतारस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति प्रदान गर्ने भएको छ। नेपाल सरकार (सम्माननीय प्रधानमन्त्रीस्तर) को निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने सम्बन्धमा दोहास्थित नेपाली दूतावासले वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने भएको छ।

पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाइटमा आवेदन दिन सकिनेछ। हाललाई दूतावासको उपलब्ध जनशक्तिको आधारमा बढीमा दैनिक ५० आवेदन रुजु गरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाइटमा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्नेमा लग इन गर्नुपर्ने हुन्छ। लग इन भइसकेपछि पासपोर्ट नम्बर र पासवर्ड प्रयोग गरेर वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रवेश गर्नुपर्ने हुन्छ र श्रम स्वीकृतिका लागि आवेदनमा क्लिक गरी प्रक्रिया अगाडि बढाई आवेदन दिनुपर्ने हुन्छ। पासवर्ड बिर्सिएको खण्डमा राजदूतावासको [email protected] मा इमेल गरी आफ्नो पासपोर्ट नम्बरसहित रिसेटका लागि अनुरोध गर्न सकिनेछ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गइसकेपछि माग भए बमोजिमको सम्पूर्ण कागजपत्र राखेर अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन ठाउँ कतार छनौट गरी आवेदन दिनुपर्ने हुन्छ। प्रक्रिया पुरा गर्नका लागि राहदानी, कतारी आइडी, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृति, कतार आएको मिति स्पष्ट देखिने कागजात अपलोड गर्नुपर्ने हुन्छ।

श्रम स्वीकृतिका लागि तिर्नु पर्ने कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषको रकम विद्युतीय भुक्तानी प्रणाली कनेक्ट आईपीएस, ई सेवा र खल्तीबाट तिर्न सकिनेछ। श्रम स्वीकृतिका सम्बन्धी कार्यका लागि दूतावासमा उपस्थित भने हुन नपर्ने जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : १७ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको