‘अहिले पृथ्वी नै विस्मयमा परेको छ,’ गाई पालेर बसेका विन जले भनेका छन्। गत साता सेनाको विमान त्यहाँ पुगेर विस्फोट गराएपछि उनले भनेका थिए। उनको आफ्नो गाउँ पा झी यी मा नै यी सबै भएको भन्ने विश्वास नै लाग्न सकिरहेको थिएन। उत्तर पूर्वी म्यानमारको त्यस गाउँमा अहिले हिंसा माथिल्लो तहमा नै पुगेको छ।
उनले श्रीमतीलाई फोन गर्दा सेनाले गोली प्रहार गरेर सबै सकाएको र गाउँमा हाहाकार मच्चिएको कुरा बताइरहेकी थिइन्। गाउँलेहरू जम्मा गएर नुडल्स र चाउचाउको तयारी गरीरहेको समयमा यो घटना भएको थियो। आफ्नी सात वर्षीया छोरी सो नान्डर नेउ पनि त्यहाँ भएको कुरा त उनले सोचेका पनि थिएनन्।
श्रीमतीले छोरी पनि घरमा नभएको तथा त्यही हुन सक्ने जनाएपछि उनी त्यहाँ पुगेका थिए। त्यही भीडमा उनले हतार हतार आफ्नो छोरीको खोजी गरेका थिए। ‘धुवाँ उडी रहेको थियो। मैले मेरो छोरीलाई खोजी रहेको थिएँ। यसै बीचमा मैले उसलाई पाउने आश मार्न थाली सकेको थिएँ।’
उनले छोरीले लगाएको कपडाको ख्याल गर्न थाले। त्यस दिन सेतो र कालो रङको पोसाक लगाएको उनलाई याद आउन थालेको थियो। उनले आफ्नो छोरी र त्यस दिन साथै रहेकी सासु आमाको कुनै भेउ नै पाएनन्।
प्रत्यक्षदर्शीले बताए अनुसार खानाखाएपछिको समयमा सैनिक विमानले बम खसालेको थियो। ‘म अझै यो विश्वास गर्न सकिरहेको छैन’, विन जले भने, ‘यो सानो र अशक्त बच्चालाई कसरी हामी हेर्न सक्छौं।
म्यानमार गुह युद्धको चरणमा गएको दुई वर्ष पछि सरकारी सेनाले हवाई आक्रमणलाई तीव्रता दिएको छ। अहिलेसम्मकै सबैभन्दा घातक रहेको मङ्गलबारको आक्रमणमा १ सय ६८ जनाको ज्यान गएको थियो। त्यसमा धेरै महिला र बालबच्चा पनि थिए।
डेटा फ्रम कन्फिक्ट मनिटरिङ ग्रुपका अनुसार फेब्रुअरी २०२१ देखि जनवरी २०२३ को बीचमा सेनाले ६ सय पटक हवाई आक्रमण गरेका छ। गत वर्ष विद्यालयमा आक्रमण गर्दै धेरै बच्चा मारिएका थिए। त्यसको केही समयपछि नै एउटा कन्सर्टमा आक्रमण गर्दा ५० जनाको ज्यान गएको थियो।
युद्धले त्यहाँको अवस्था यत्ति धेरै खराब भएको छ कि देशको मूल जनसंख्याको एक तिहाइ अर्थात् १ करोड ४० लाखलाई खाद्यान्नको अभाव छ। संयुक्त राष्ट्र संघले मानवता विरोधी अपराध भएको ठहरसमेत गरेको छ।
यो आक्रमणले ग्रामीण क्षेत्रलाई लक्षित गरिएको छ। त्यहाँ आदिवासी सशस्त्र समूहका मानिस धेरै रहने भएका कारण सरकार पक्षीय सेनाले यो नीति लिएको हो। स्थानीय स्वयंसेवी सैन्य समूह पिपुल्स डिफेन्स फोस (पीडीएफ) र सैन्य सरकारपछि स्थापित नेसनल युनिटी गर्भमेन्ट (एनयुजी)ले त्यहाँ सरकार विरोधी सैन्य गतिविधि गरिरहेका छन्।
म्यानमारका थुप्रै यस्ता सुन्दर अनुपम स्थान छ। जसको औचित्यलाई नै यस युद्धले कम गराएको छ। यसै मध्येको एउटा सान हिल हो। हिमालको काखमा रहेको यो स्थान थुप्रै पर्यटक आउने गरेका थिए।
पा झी यीमा नै आक्रमण गर्नुको कारण एनयुजीमा आबद्ध पीडीएफको कार्यालय त्यही रहेको सरकारले जनाएको छ। सो नान्डरको हकमा औपचारिक पोसाक रहर नै थियो। एक दिन अघि मात्र उनले बाबुलाई यसको रहर व्यक्त गरेकी थिइन्। उनी आफ्नो छिमेकमा भएको त्यस कार्यक्रममा सहभागी हुनका लागि एकदमै उत्साहित थिइन्।
‘मैले कहिल्यै पनि मेरो छोरीको नामबाट बोलाइन। सधैँ ड्याडीको स्वीटहर्ट मात्र भनेर बोलाए’, जब उनी कतै जान मोटरसाइकलको पछाडि बस्दै छोरीले आएर अङ्कमाल गर्ने गर्थिन्।
त्यस रात उनी कार्यालय जाँदा छोरी सुतीरहेकी थिइन्। उनले मुँइ खाएर कार्यालयतर्फ गएका थिए। लगातार दुई रात सुतेको त्यही रात नै छोरीसँगको अन्तिम समय हुने छ भन्ने त उनले पहिल्यै कल्पनासमेत गरेका थिएनन्। विन जले बताए अनुसार एकदमै चलाख र जेहनदार उनकी छोरीको चाहना भविष्यमा शिक्षक बन्ने थियो।
‘साथीहरूको पढाइमा सहयोग गर्न पाउँदा उनी खुसी हुन्थिन्। देश खराब अवस्थामा भएका कारण उनी आफ्नो देशका लागि केही गर्न चाहन्थिन्।
विन जले त्यो दिन घर आउँदा ठूलो आवाजको खुसीको कल्पना गरेकी थिइन्। किनकी त्यस गाउँमा आङसाङ सुकीको निर्वाचित सरकार अपदस्थ गरिएपछि कुनै पनि महोत्सव मनाइएको छैन। यो नै खुसीयाली मनाइएको समय थियो।
उनी आफ्नो छोरीलाई अँगालोमा राखी रहन चाहन्थे। तर, सोचेको र अनुमान गरिए भन्दा धेरै पहिला नै केही भएको छ। त्यस क्षेत्रमा नै पा झी यीमा पहिलो सैनिक हमला थियो। साझीयाङ त्यस सैन्य सत्तामा धेरै महत्त्वपूर्ण र माथिल्लो ओहदामा रहनेको आफ्नै घर पनि हो।
त्यस घटनामा कृषक यी नीयाङले आफ्ना दुवै अभिभावक तीन वर्षीय छोरी हीनीयन यु वाइलाई गुमाएका छन्। त्यो भयानक दुर्घटना हुनु अघि उनले आफ्नो छोरीलाई परम्परागत मान्यता अनुसार अनुहारमा थान्साको चित्र कोर्ने योजनामा थिए। त्यसै दिन उनले आफ्नी आमालाई ब्रेकफास्ट खुवाउन सहयोग गरेकी थिइन्।
म्यानमारको पर्यटन क्षेत्र तहसनहस भएको छ। आर्थिक अवस्था गिर्दो छ। समस्या थपिएका छन्। राज्य पक्षले निरन्तर मानवता विरोधी अपराध गरी नै रहेको छ। सायद योक्रम अझ लामो समय सँगै जाने छ।
पी जी याङमा रहेका दुई सय घरमध्ये अधिकले त्यस दिन दुखद घटनाको सामना गरे। हाइकिङ गर्न र अन्यत्र कतै घुम्न गएमा बाहेक अन्यको घरमा दुर्घटना भएको छ। अन्य केही भने ठूलो आवाज आउन थालेपछि पहिले नै भाग्न थालेका थिए। ‘हामी सामान्य किसान मात्र हौं। हामीले मरिरहेको दृश्य किन हेर्नु परेको। यस देशको राजनीतिको टुङ्गो लगाउन कत्ति अनाहक व्यक्तिको हत्या गर्नु परेको होला ,’ विन जनले भने। जनरल मीन मीन अङ आङ हियाङलाई सम्बोधन गर्दै उनले उल्लेख गरे।
युद्ध कहिले पनि सुखद हुँदैन। हजारौँ होइन लाखौँ दुःखका कहानी बोकेर यु सकिएका छन्। यसमा गृह युद्ध झन् दुखद र कहाली लाग्दो हुने गरेको छ।
यो गृहयुद्धको चपेटमा पर्नु अगाडि म्यानमार औसत आर्थिक अवस्था रहेको स्थान थियो। निर्वाचित नेता आङ साङ सुकीलाई बर्खास्त गर्दै सेनाले सत्ता लिएपछि त्यहाँ विद्रोह सुरु भएको त्यस विद्रोहलाई सरकारी सेनाले दमन गर्न सुरु गरेपछि यत्रतत्र प्रजातन्त्रका पक्षधरले सैन्य समूह स्थापना गर्दै प्रजातन्त्रका लागि युद्धमा आफूलाई समाहित गरेका हुन् ।
म्यानमारका थुप्रै यस्ता सुन्दर अनुपम स्थान छ। जसको औचित्यलाई नै यस युद्धले कम गराएको छ। यसै मध्येको एउटा सान हिल हो। हिमालको काखमा रहेको यो स्थान थुप्रै पर्यटक आउने गरेका थिए। त्यो हिमाल र तालले सुकी सरकार बरखास्त गरेपछि अन्य कुनै स्थानमा अनुभव गर्न पाएको छैन।
यस सुन्दर स्थानले पर्यटकको अनुहार नै देख्न नपाउने अवस्था सिर्जना भएको यो दोस्रो पटक हो। पहिलो पटक कोभिड–१९ महामारीको समयमा र दोस्रो पटक सुकी सरकारको अपदस्थ पछि।
त्यसै तालको एक सय किलोमिटर पर केरेनेन आदिवासीको जत्था छ। यिनीहरू धेरै जना पीडीएफमा आबद्ध छन्। जनवरी महिनामा त्यसै तालका तीन किलोमिटरको नजिकको दुरीमा पनि युद्ध भएको थियो। त्यहाँ रहेका डुङ्गाका आफन्तहरू अत्तालिएको दृश्य उनीहरूलाई याद छ।
म्यानमारको पर्यटन क्षेत्र तहसनहस भएको छ। आर्थिक अवस्था गिर्दो छ। समस्या थपिएका छन्। राज्य पक्षले निरन्तर मानवता विरोधी अपराध गरी नै रहेको छ। सायद योक्रम अझ लामो समय सँगै जाने छ।
स्रोत : बीबीसी
प्रतिक्रिया