रेल मात्र विकास होइन | Khabarhub Khabarhub

रेल मात्र विकास होइन

हामीले भारतको नजर बुझ्नुपर्छ


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

देशमा फेरि पनि अस्थिर राजनीतिक खेल भइराखेका छन्। नेपालका लागि प्रत्येक पटकको सरकार परिवर्तन र प्रधानमन्त्री बनिसकेपछिको भारत भ्रमणमा जानु कुनै नौलो कुरा रहेन। नयाँ सरकार बनेको चार महिनाको अवधि पार गरिरहँदा सरकारले भारत भ्रमणको निम्तो भर्खर मात्र पाइरहेको छ। राजनीतिक दलले दिएको सन्देशलाई हामीले कसरी लिने, राजनीतिक तरलतामा खेल्न उनीहरु सक्रिय छन्। तर दलका शीर्ष नेता आफ्नो कुर्सी जोगाउनको लागि मात्र लागि परिरहेको छन्। पछिल्लो राजनीति र पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी कस्तो भइरहेको छ ? यसै विषयमा आधारित भएर इतिहासविद् राजनीतिक विश्लेषक प्रा.डा. राजेश गौतमसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

विश्वको उत्कृष्ट गणतान्त्रिक मुलुक नेपाल भन्छौं। तर जनताका अपेक्षा पूरा नभएको भन्दै आक्रोश व्यक्त भइरहेका छन्। तपाईंले यो राजनीतिलाई कसरी हेर्नुभएको छ ?
राम्रो राजनीतिकले राम्रो व्यवस्था पाए पनि राम्रो नेता पाएको छैन। २०४६ सालभन्दा अगाडिका केही नेताहरू तथा २०१७ साल भन्दा अगाडिका केहीबाहेक अहिलेसम्म जनताले राम्रो नेता पाएका छैनन्। देश र जनताप्रति इमानदार हुने किसिमका नेताहरू २०४६ सालपछि क्रमशः घट्दै गए। अहिलेको स्थितिका नेतामा देशको चिन्ता देखिँदैन। न जनताको चिन्ता छ। आफ्नो राजनीति दलको विचार र सिद्धान्तमा विश्वास पनि छैन। जसमा देश हाँक्ने कुरा गर्छन्। त्यसले देशलाई हानी पुर्याउने काम मात्र गरेको छ।

नेताहरूमा इमानदारिता गुम्दै जानुमा के कारण हुनसक्छ ?
अहिलेको परिपेक्षमा राजनीतिलाई मूल्यांकन गर्ने हो भने शुद्ध रूपले सत्ता प्राप्त गर्ने उद्देश्यबाट नै प्रेरित भएको देखिन्छ। त्यसका कारण धेरै हुन सक्छन्। राष्ट्रिय स्तरमै देखिएका विभिन्न समस्या पनि रहन सक्छन्। त्यसमा आफ्नो कार्यलाई सही तथा गलत कुन रूपमा अगाडि बढाउन कसैले सकेका छैनन्। नेताहरूलाई आफूमाथि नै विश्वास गर्न सक्ने अवस्था नभएकाले जनताले पनि भरोसा गर्न सकेका छैनन्।

अहिले हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणलाई यहाँले कसरी हेर्नुहुन्छ ?
एउटा देशको प्रतिनिधित्व गरेर जाने र अर्को देशको प्रतिनिधित्व गरेर आउने गरेर दुई देशबीच भाइचारा सम्बन्ध रहिरहनु पर्छ। हाम्रो परम्परामा नै भारत नेपालबीच सुमधुर सम्बन्ध रहिरहने छ भन्ने हो। त्यो सधैँ रहिरहोस् भन्ने भावना रहेको छ। तर नेपाल र भारतको सम्बन्धलाई हेर्दा अलि फरक छ। नेपालबाट भारत जानेक्रम चलिरहे पनि भारतबाट नेपालको भ्रमण नियमित हुँदैन। यो विषयमा हाम्रा नेताहरू कूटनीतिक रूपमा लाग्नुपर्ने हो। तर लागेका छन् जस्तो मलाई लाग्दैन। अहिले केही राजनीतिक दल सत्तामा छन्। त्यो कति दिनसम्म हो भन्ने कुरा कसैलाई पनि थाहा छैन। प्रधानमन्त्रीको भ्रमणमा नेपाल भारतबीचका समस्याको विषयमा ध्यान दिनसक्नुपर्छ। तर त्यो पुरा गर्न गाह्रो छ। आफ्नो कुरा राख्न नेपाल पक्ष नै कमजोर छ। भारतले हरेक पक्षमा सरल रूपमा नेपाललाई लिन नसकेको अवस्था छ।

यो भ्रमणले दिने सन्देश र संकेतलाई हामीले कसरी हेर्न सक्छौं ?
अहिले गठबन्धनको सरकार छ। यो गठबन्धन ६ महिना एकातिर ६ महिना अर्को तिर लाग्ने खालको भएको छ। गठबन्धनभित्र पनि एउटा सैद्धान्तिक धारण बन्न सकिरहेको छैन। गठबन्धनभित्रका नेतासमेत आआफ्नो दृष्टिकोण आआफ्ना विचार व्यक्त गरेर हिँडिरहेका छन्। गठबन्धनका सबै नेताहरूले जनता र राष्ट्रलाई बलियो बनाउने विकास गर्ने यस्ता कार्यहरूमा लागेको देखिँदैन। खाली सत्ता टिकाउने कुरामा मात्र लागिरहेका छन्। भागबन्डामा लागि रहेका छन्। त्यस्तो अवस्थामा भारतले उपयुक्त रूपमा प्रधानमन्त्रीलाई सम्मान गर्छ भन्ने मलाई लाग्दैन।

खासमा भारतले रक्सौलबाट काठमाडौँ रेलमार्ग ल्याउन किन चाहेको हो। त्यसको उद्देश्य के हो ?
नेपालप्रति विभिन्न विदेशी राष्ट्रको आँखा पहिलेदेखि परेको छ। छिमेकी राष्ट्रमध्ये हिजोको परीपेक्षमा नेपाललाई हेर्ने दुई राष्ट्र भारत र चीन थिए। पछिल्लो समयमा नेपालप्रति अन्य राष्ट्रको पनि प्रभाव बढ्दै गएको छ। सबैको दृष्टिकोणले नेपाललाई विकास गर्ने भन्दा यहाँको भौगोलिक कारणले गर्दा अन्य राष्ट्रको आँखा नेपालमा परेको छ। विश्व राजनीतिलाई हेर्दा अन्य राष्ट्रको नेपालप्रतिको चाहना राजनीतिक रूपमा धेरै बढिरहेको छ। चीनले नेपालमा रेल ल्याउने कुरा गर्दा भारतले त्यो फालेको हुनसक्छ। अनेक राष्ट्रले अन्य कार्य गर्ने भनेर राजनीतिक रूपमा नेपाललाई फसाउन खोजेको मात्र हो जस्तो लाग्छ। यस हिसाबले मात्र विकास हुँदैन। नेपालमा रेल आउनु मात्र विकास हुनु होइन। नेपाललाई हेर्ने भारतको दृष्टिकोण भने अहिलेबाट मात्र होइन। धेरै पहिलेबाट नै रहिआएको हो। नेपालको आवश्यकता रेल तथा अन्य पक्ष हो, कि होइन ? त्यसको बारेमा जनता भन्दा नेताले ख्याल गर्नुपर्ने हुन्छ। अनि मात्र नेपालको विकास हुन्छ।

अहिलेको भारत भ्रमण या अहिलेको राजनीतिक परिस्थितिसँग केही तालमेल हुनसक्छ ?
नेपालको राजतन्त्रलाई सही रूपमा अन्त्य गरिएन। नेपालमा राजतन्त्रको अन्त्य गर्ने बेलामा एउटा जनमत संग्रह हुनुपर्ने थियो। जनमतबाट राजतन्त्रलाई अन्त्य गरिदिएको भए आज राजाको चर्चा हुने थिएन। यस किसिमबाट राजा प्रस्तुत हुने पनि थिएनन्। तर संसदले वैधानिक रुपमा हटाएको हो। अब राजाले अहिलेको समयमा राजतन्त्र खोज्नु कुनै औचित्य छैन। जनताहरूको बीचमा राजा अगाडि बढ्नु परिस्थितिको उपज मात्र हो। राजालाई यस्तो भूमिका खेल्ने अवर नेताले नै दिएका हुन्। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम

 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १० : १३ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक