श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने « Khabarhub

श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ । चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बाँदर चीनमा निकासी गरेर अर्थतन्त्रमा सानो योगदान गराउने छ ।

चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर चीन पठाइन लागिएको हो । श्रीलंकाबाट लगिने बाँदर चीनका १ हजार चिडियाघरमा राखिनेछ ।

श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघे विश्वमै दुर्लभ बाँदरको रूपमा रहेको टोकमकाकी प्रजातिलाई चीनमा निकासी गर्नका लागि यसअघि पशुपक्षी निकासीमा लगाउँदै आएको प्रतिबन्ध सम्बन्धी आवश्यक कानुन संशोधन पनि गरिसकेको छ ।

श्रीलंकमा बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा व्यापक रूपमा क्षति हुँदा किसानलाई मर्का परेको तथा श्रीलंकाको खाद्य चक्रमा नै असर गरिरहेको अवस्थामा बाँदर निकासी हुन लागेको अधिकारीहरुले जनाएका छन्।

पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १ : ०४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।