गुरु अस्त भएका बेला पशुपतिमा महायज्ञ गरिएपछि चौतर्फी विरोध « Khabarhub

गुरु अस्त भएका बेला पशुपतिमा महायज्ञ गरिएपछि चौतर्फी विरोध


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वृहस्पति अस्त भएका बेला स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवम् औद्योगिक क्रान्तिका लागि भन्दै श्री अयुतचण्डी महायज्ञ र श्री गणपति महायज्ञ आयोजना गरिएकामा विद्वानले विरोध जनाएका छन् ।

शास्त्रीय आधारमा वृहस्पति (गुरु) अस्त भएका बेला यस्तो यज्ञ गर्न नसकिने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसमेतले विज्ञप्ति जारी गरेर विरोध जनाएको छ । समितिलगायत दर्जनौँ सङ्घ संस्थाले पनि विरोध गरेका छन् ।

गुरु अस्तका बेला यस्तो महायज्ञ गर्दा विपरीत फल हुने ज्योतिष एवम् वास्तुविद् शिवप्रसाद पोखरेल बताउँछन् । देशका लागि भनी गरिएको यो यज्ञका लागि राज्य एवम् सरकारका प्रतिनिधिसँग कुनै परामर्श नभएको जनाइएको छ । महायज्ञ पशुपति क्षेत्रमा आयोजना गरिएको भए पनि यस विषयमा पशुपति क्षेत्र विकास कोषसँग पनि आयोजकले भने परामर्श भने गरेका छैनन् ।

कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले तोकिएको भाडा लिएर हंसमण्डप क्षेत्र आयोजक समितिलाई उपलब्ध गराएको बताए । शास्त्रले निषेध गरेको समयमा महायज्ञ आयोजना गरिएको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको छ ।

धर्मशास्त्रविद् तोयराज नेपाल गर्नै नहुने समयमा महायज्ञ गरिएको बताउँछन् । पहिले नै गरेको यज्ञ पनि गुरु, शुक्र अस्त र मलमासका बेलामा पहिलेकै सङ्ख्यामामात्र निरन्तरता दिन सकिने उनको भनाइ छ ।

सरकारले विसं २०७७ पुस २० गते नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेश जारी गरी धर्म, संस्कृति, चाडपर्वलगायतको साइत र पात्रो एवम् भित्तेपात्रोको स्वीकृति दिने अधिकार दिएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले एक साताअघि नै विज्ञप्ति जारी गरी अशुद्ध समयमा कुनै पनि महायज्ञ गर्न नसकिने जानकारी गराइसकेका छन् ।

आयोजक समितिका महासचिव प्रमोद अग्रवाल भने फागुनदेखि नै यज्ञ सुरु गरिएकाले अहिले गर्न समस्या नरहेको दाबी गर्छन् । महायज्ञ गर्ने निर्णय प्रखरजी महाराज र पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीले गरेको बताउँछन् । अक्षय तृतीयाको साइत राम्रो हुने भएकाले त्यसै दिनदेखि विस्तारित कार्यक्रम गरिने उनले सुनाए ।

कथावाचक एवम् हिन्दू जागरण नेपालका संयोजक रामकृष्ण उपाध्याय व्यक्तिगत रुपमा गरिएको यज्ञ भए चासो नदिने भए पनि देशको नाम जोडेर आयोजना गर्दा अशुद्ध समयमा गरिएकाले आवाज उठाउन बाध्य हुनुपरेको बताउँछन् । १० दिनपछि वृहस्पति उदय भएपछि यज्ञ गर्न सकिने भए पनि पहिले सुरु गर्नुको रहस्य खोजी भइरहेको उनले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : ०४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा