द्विपक्षीय हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्न भारत र क्यानाडा सहमत « Khabarhub

द्विपक्षीय हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्न भारत र क्यानाडा सहमत


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र क्यानाडा द्विपक्षीय हितका क्षेत्रमा जारी सहकार्यलाई थप सुदृढ गर्न सहमत भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार भारत र क्यानाडाबीच व्यापारिक सम्बन्ध, ऊर्जा, शिक्षा, प्रतिआतंकवादलगायतका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्न सहमत भएका हुन् ।

केही समयअघि भारतका विदेश सचिव सौभर कुमार र क्यानाडाका डेभिड मोरिसनबीच क्यानाडाको ओटावामा भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तामा दुई मुलुकका प्रतिनिधिबीच हिन्द प्रशान्त क्षेत्रमा विकसित घटनाक्रम तथा बहुपक्षीय संगठनमा सहकार्यका विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतले जी २० को अध्यक्षता गरिरहेको सन्दर्भमा क्यानाडेली पक्षले जी २० लाई सफल बनाउन भारतसँग सहकार्य गर्ने समेत जनाएको छ ।

यसअघि गत फेब्रुअरी महिनामा क्यानाडाकी विदेशमन्त्री मेलिन जोलीले भारतको भ्रमण गरी भारतीय समकक्षी एज जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : ५७ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र