द्विपक्षीय हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्न भारत र क्यानाडा सहमत « Khabarhub

द्विपक्षीय हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्न भारत र क्यानाडा सहमत


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र क्यानाडा द्विपक्षीय हितका क्षेत्रमा जारी सहकार्यलाई थप सुदृढ गर्न सहमत भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार भारत र क्यानाडाबीच व्यापारिक सम्बन्ध, ऊर्जा, शिक्षा, प्रतिआतंकवादलगायतका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्न सहमत भएका हुन् ।

केही समयअघि भारतका विदेश सचिव सौभर कुमार र क्यानाडाका डेभिड मोरिसनबीच क्यानाडाको ओटावामा भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तामा दुई मुलुकका प्रतिनिधिबीच हिन्द प्रशान्त क्षेत्रमा विकसित घटनाक्रम तथा बहुपक्षीय संगठनमा सहकार्यका विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतले जी २० को अध्यक्षता गरिरहेको सन्दर्भमा क्यानाडेली पक्षले जी २० लाई सफल बनाउन भारतसँग सहकार्य गर्ने समेत जनाएको छ ।

यसअघि गत फेब्रुअरी महिनामा क्यानाडाकी विदेशमन्त्री मेलिन जोलीले भारतको भ्रमण गरी भारतीय समकक्षी एज जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : ५७ बजे

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ