आर्थिक समस्या समाधानका लागि निजी क्षेत्र तयार : अध्यक्ष ढकाल « Khabarhub

आर्थिक समस्या समाधानका लागि निजी क्षेत्र तयार : अध्यक्ष ढकाल


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधानका लागि नेपाल सरकार र निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित १८औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आर्थिक समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यले छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।

“हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभामा उल्लेख गरिएको प्राथमिकतामा आर्थिक समस्या समाधानलाई पहिलो प्राथमिकता दिइएको छ”, उनले भने , “नयाँ कार्यसमितिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर लगायतसँगको भेटमा समाधानका उपायका बारेमा छलफल भएको छ । वर्तमान आर्थिक समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले बनाएका योजनालाई संयुक्तरूपमा कार्यान्वयनमा ल्याएर समाधानको उपाय निकाल्ने छौँ ।”

सङ्घीय राजधानी काठमाडौँसँग जोडिएको नुवाकोटमा कृषि, पर्यटन र जलस्रोतको धेरै सम्भावना भएकाले त्यसलाई उपयोगमा ल्याउन वाणिज्य सङ्घ नुवाकोट सफल हुने अध्यक्ष ढकालले विश्वास व्यक्त गरे । त्यसका लागि सम्भावित क्षेत्रमा आयोजनाको पहिचान, पूँजी र प्रविधिको व्यवस्थापन र लगानीको वातावरण मिलाउन नेपाल उद्योग वाणिज्य महासङ्घले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ११ : ०१ बजे

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।

डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

दमौली–  तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय

आमा बन्दै गायिका इन्दिरा

काठमाडौं – गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् ।

पश्चिम एशियामा सैन्य उपस्थिति बढाउँदै अमेरिका

वाशिङ्टन डीसी- अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले पश्चिम एशियामा थप