सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि « Khabarhub

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि सुरु हुने भएको छ। संघीय संसदका दुवै सदनमा छुट्टाछुट्टै बैठक बसेर नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ।

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा आज प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्ने भएका छन् । नीति कार्यक्रममाथि केही सांसदले संशोधन दर्तासमेत गराएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार संसदमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने एमालेको प्रारम्भिक प्रतिक्रिया दिएको छ।

सत्तापक्षकै दलका सांसदले पनि नीति कार्यक्रमप्रति सन्तुष्टि जनाएका छैनन् । सांसदहरुले बोल्ने क्रम सकिएपछि सरकारले जवाफ दिनेछ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ६ : ५५ बजे

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई