अन्तर्राष्ट्रिय

टर्की निर्वाचन परिणामको अर्थ

By मनोज घिमिरे

May 21, 2023

टर्कीका जनता यसै साता नयाँ राष्ट्रपति चयन गर्न तम्तयार भएर बसेका छन्। टर्कीको यो निर्वाचन धेरै अर्थमा विश्वमा नै महत्त्वपूर्ण मानिएको छ। यो निर्वाचनको परिणामले नै टर्कीको भविष्य धेरै हदसम्म निर्धारण हुनेछ। टर्कीमा वर्तमान राष्ट्रपति रिक्याप टाइयप इडोर्गान दुई दशकदेखि सत्तामा छन्। उनले सुरुका दिनमा पूर्व र पश्चिमका सत्तालाई खुसी बनाएका थिए। पछिल्लो समय भने तानाशाही शासन लादेको भन्दै पश्चिमको शक्ति उनीप्रति आक्रोशित छन्।

उनका विपक्षी केमाल किरिक डर्गालाउने प्रजातन्त्र पुर्न स्थापना र लोकतन्त्र बलियो बनाउने मुद्दा उठाएका छन्। उनले मानव अधिकारको मुद्दालाई पेचिलो बनाएका छन्। कतिपयले यो सोची रहेका छन् कि इडोर्गानले टर्कीलाई विश्व मानचित्रमा उपस्थित गराए र सुरक्षा संयन्त्रलाई पनि बलियो बनाए।

१४ मेमा पहिलो चरणका लागि भएको निर्वाचन अघिको सर्वेक्षणमा दुवै उम्मेदवार बराबरको अवस्थामा थिए। जब बाकसको मत खोलियो इडोर्गान अघि रहे। यो परिणाम उल्टिने सम्भावना कमै भएको जनाइन्छ। ‘हाम्रो भूभागका चार परिवर्तनकारी देशमध्ये टर्की एउटा हो,’ युरोपेली युनियनका पूर्व विदेश नीति प्रमुख बारानोस अस्टनले भने, ‘टर्कीको यो निर्वाचन प्रजातन्त्रका लागि र विभिन्न कूटनीतिक सीमाका साथै यसका पोजीसनका बारे प्रस्ट हुन पनि महत्त्वपूर्ण छ।’

१४ मेमा पहिलो चरणका लागि भएको निर्वाचन अघिको सर्वेक्षणमा दुवै उम्मेदवार बराबरको अवस्थामा थिए। जब बाकसको मत खोलियो इडोर्गान अघि रहे। यो परिणाम उल्टिने सम्भावना कमै भएको जनाइन्छ।

सुरुका दिनमा युद्धरत पक्षसँग यसले केही वार्ता पनि गरेको थियो। जब यसले अन्नाका बारे वार्ता गरेको थियो, धेरै नै खानी भएको ब्ल्याक सीलाई पनि प्रभावित तुल्याएको थियो। सबै पक्षसँग वार्ता गरिरहने उसको अर्को विशेषता बनेको थियो। उनले बेलायती प्रधानमन्त्री ऋषि सौनुकदेखि अमेरिकी राष्ट्रपति जो वाइडेन र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग पनि सम्बन्ध राखी नै राखे। उनले चिनियाँ राष्ट्रपति सी चिन फिङसँग पनि उत्तिकै सम्पर्क राखेँ।

‘टर्कीले सधैँ आफूलाई पश्चिमेली शक्तिको एउटा अंश हुने महत्त्वाकाङ्क्षा देख्यो,’ इस्तानबुल ओक्सीजीयान विश्वविद्यालयका प्राध्यापक एभ्रन बाल्टाले भने, ‘इडोर्गानको दुई सत्ता लामो शासनमा यसमा कुनै परिवर्तन देखिएन।’

बाल्टाले थपे, ‘तर टर्कीका अन्तर्राष्ट्रिय सहयोगी भने विभाजित छन्। देशको तानासाही पनलाई ढाकछोप गर्न सबै शक्ति केन्द्रसँग समन्वय गर्न खोजेका प्रस्ट देखिन्छ।’ टर्कीका भिन्न शक्ति केन्द्रसँगको सम्बन्धको अर्थ रहन सक्छ। तर, दृश्य सोचे जस्तो सजिलो छैन।

नाटो सैन्य सङ्गठनको सदस्यताको कुरा गर्ने हो भने टर्की दोस्रो ठूलो सैनिक जत्था भएको देश हो। फिनल्यान्ड र स्वीडेनको उपस्थितिले यसलाई अझ बलियो बनाउने छ। यसका फिनल्यान्डको सदस्यतालाई ढिलाइ गर्ने र स्वीडेनलाई रोक्ने टर्कीको एक्लो मत हो। टर्कीको विरुद्धमा सङ्घर्ष गरिरहेका कुर्द सैन्य समूह केकेका धेरै सदस्यलाई सुपुर्दगी नगरेसम्म स्वीडेनलाई कुनै पनि हालतमा सदस्यता दिन नहुने अडान राखी नै रहेको छ।

नाटो सैन्य सङ्गठनको सदस्यताको कुरा गर्ने हो भने टर्की दोस्रो ठूलो सैनिक जत्था भएको देश हो। फिनल्यान्ड र स्वीडेनको उपस्थितिले यसलाई अझ बलियो बनाउने छ।

अंकारा पोलीसी सेन्टरका लन्डन प्रतिनिधि सेलीन नासी राष्ट्रपतिको परिवर्तनले नाटोको अहिलेको यो समस्या समाधान हुनसक्ने सम्भावना व्यक्त गर्छन्। टर्कीको दोहोरो अन्तर्राष्ट्रिय भूमिकालाई धेरैलाई सन्तुलनमा राखे पनि यसले नाटोमा भने समस्या उत्पन्न गराएको छ। ‘अहिलेको समयमा टर्की हामीसँगै छ। तर, यसको नाटो प्रतिको प्रतिबद्धतामा बारम्बार प्रश्न गर्ने ठाउँ छ,’ नासीले भने, ‘बालीमा भएको जी–२० सम्मेलनमा हामी आणविक निःशस्त्रीकरणका कुरा उठायौं।’

त्यहाँ केही गम्भीर वार्ता भए पनि त्यसमा टर्कीलाई बोलाइएन। वर्तमान परिवेशमा टर्कीसँगको सहकार्य नै जोखिमपूर्ण हुने महसुस गर्दै त्यस बैठकमा टर्कीलाई नबोलाइएको हो। त्यस कारण यो अस्पष्ट अवस्थालाई टर्कीले जत्ति सक्दो चाँडो समाधान गर्न ठिक हुन्छ। युरोपेली युनियनको कुरा गर्ने हो भने टर्कीले पहिलो पटक सन् १९९९ मा निवेदन दिएको थियो। तर यो नीति सन् २०१६ सम्म त्यत्तिकै अलमलियो। त्यसपछि बेल्जियमले टर्कीको खराब मानव अधिकारको अवस्थाका कारण सदस्यता दिन नहुने आवाज उठायो।

किलिकड्रालाउ र अन्य विपक्षी नेताले युरोपेली युनियनको सदस्यका लागि फेरि पहल गर्ने कुरा चुनावी मुद्दा बनाएका छन्। राष्ट्रपति इर्डुगानका सल्लाहकार एलनुर केभिकले यो कुरा सम्भव नहुने बताउँदै प्रतिपक्षी दलले भ्रम छरीरहेको आरोप लगाए।

उनले युरोपेली युनियनले टर्कीलाई आफ्नो सदस्यता दिने सवालमा ठूलो खाडलखडा गरी रहेको छ। यसलाई तीन महिनामा समाधान गर्ने कुरामा विपक्षी नेताहरूले बारम्बार दाबी गरेका छन्। किलिकड्रालाउ गठबन्धनले टर्कीका नागरिकलाई युरोपेली देश जानका लागि भिसा आवश्यक नहुने अवस्था तत्काल सिर्जना गर्ने र यो नै पहिलो महत्त्वपूर्ण खुड्किलो हुने बताउँदै आएका छन्। डेमोक्र्याट पार्टीका उपप्रमुख फेक टुने भने किलिकड्रालाउको गठबन्धनको एउटा पाटो हो। उनले युरोपेली युनियन र टर्कीको सम्बन्ध अपत्यारिलो प्रेम कहानी पाएका छन्।

पहिलो चरणको निर्वाचनसँगै ३६ लाख सिरियाली आप्रवासीको मुद्दा उठ्न थालेको छ। दुवै कित्ताले साताको अन्त्यमा हुने राष्ट्रपतीय निर्वाचन अगाडिसम्म सिरियाली आप्रवासीलाई पठाउने सोच बनी सकेको छ।

उनको विचारमा टर्कीले धेरै गल्ती गरेको छ। युरोपेली युनियनले भनेको गृहकार्य यसले गर्न सकेन। मानव अधिकार र पूर्ण प्रजातन्त्रको सवालमा टर्की सचेत रहन सकेन। यदि युरोपेली युनियनले भने जस्तै मानव अधिकार र प्रजातन्त्रको पक्षमा प्रतिबद्ध भए सदस्यता कुनै अप्ठेरो कुरा नै थिएन।

पहिलो चरणको निर्वाचनसँगै ३६ लाख सिरियाली आप्रवासीको मुद्दा उठ्न थालेको छ। दुवै कित्ताले साताको अन्त्यमा हुने राष्ट्रपतीय निर्वाचन अगाडिसम्म सिरियाली आप्रवासीलाई पठाउने सोच बनी सकेको छ। यो कुरा सिरियालीकै लागि भने चिन्ताको विषय हो। अझै असुरक्षित ठहरिएको सिरियामा आफूलाई पठाइने त होइन भन्ने चिन्ता उनीहरूलाई छ। यो सिङ्गो संसारका लागि पनि चिन्ताको विषय हो। यदि टर्कीले फिर्ता गरेमा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता सबैतिर हुनेछ।

टर्कीको पश्चिमा शक्तिसँगको सम्बन्धको आधार मानव अधिकार र प्रजातन्त्र नै हो। अन्तर्राष्ट्रिय सम्बन्धका लागि टर्कीको यो निर्वाचन पनि महत्त्वपूर्ण मानिएको छ। नान्सीकै विचारमा टर्कीको यो निर्वाचन परिणामले धेरै अर्थ बोकेको हुन्छ। त्यहाँका आर्थिक मन्दी लगायत घरेलु मामला चासोको विषय हो। स्रोतः बीबीसी