विपन्नको सहारा बन्दै स्वास्थ्य बीमा « Khabarhub

विपन्नको सहारा बन्दै स्वास्थ्य बीमा


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बीमा गर्न थालेको छ वर्ष पुग्यो । स्वास्थ्य बीमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ । ‘लगातार छ वर्षदेखि स्वास्थ्य बीमा गर्दै आएको छु, गत वर्ष त एक लाख रकम नै उपचारमा सकियो, तीन हजार पाँच सय रकम तिरेर एक लाखको उपचार पाउँदा निकै राहत महसुस भयो’, आचार्यले भने, ‘स्वास्थ्य बीमाले उपचारमा सहज बनाएको छ, अहिले स्वास्थ्य बीमा गर्न आवश्यक छ भनेर आफैँले समेत अरुलाई भन्ने गरेको छु ।’

बागलुङको धौलागिरि अस्पतालको स्वास्थ्यसेवा विस्तारसँगै स्वास्थ्य बीमाको पहुँच बढ्न थालेको हो ।  पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् । आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य बीमाले निकै सजिलो भएको बीमाकर्ताहरू बताउँछन् । अहिले धौलागिरि अस्पतालमा दैनिक न्यूनतम तीन सय जना स्वास्थ्य बीमा गरेका बिमितहरू सदस्य नियमित सेवा लिन अस्पतालमा आउन थालेको धौलागिरि अस्पतालको भनाइ छ । अस्पतालमा दिन नसकिएको सिटिस्क्यान, एमआरआई र अन्य ठूला रोगको उपचारका लागि स्वास्थ्य बीमाबाटै रिफर गर्दै आएको अस्पतालले जनाएको छ । 

पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बीमा गर्नेको सङ्ख्यामा क्रमशः बढ्दै गएको  छ । स्वास्थ्य बीमाबाट बिमित परिवारलाई एक लाख बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएपछि बीमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या पनि उल्लेख्यरूपमा वृद्धि भएको छ ।  जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य बीमाको पहुँचमा आइसकेको स्वास्थ्य बीमा बोर्ड बागलुङले जनाएको छ । 

बागलुङ जिल्लामा ३१ हजार नौ सय १० परिवारका ९७ हजार नौ सय ८९ जना स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड बागलुङका जिल्ला संयोजक दिनेश जिसीले जानकारी दिए । गत वर्षको तुलनामा यसवर्ष स्वास्थ्य बीमा गर्नेको सङ्ख्या सात प्रतिशतले वृद्धि भएको जिसीको भनाइ छ । 

बागलुङ जिल्लामा ५१ हजार सात सय ३३ महिला र ४६ हजार दुई सय ६१ पुरुष स्वास्थ्य बीमामा आबद्ध भइसकेको र सबैभन्दा बढी बीमा बागलुङ नगरपालिकामा भएको जिसीले बताए । ‘विपन्न समुदायका लागि स्वास्थ्य बीमा निकै प्रभावकारी बनेको छ, उपचार पाएकाले बीमा नवीकरण गर्ने गरेका छन् भने केहीले उपचार नपाएको गुनासोसमेत गर्ने गरेका छन्’, जिसीले भने, ‘बीमाबाट सेवा पाएकाले अन्यलाई समेत बीमा गर्न हौसला दिएका छन्, त्यसैको प्रभावले बीमामा आबद्ध हुनेको सङ्ख्या क्रमशः वृद्धि भएको छ ।’ यो वर्ष स्वास्थ्य बीमामा आबद्ध हुनेको सङ्ख्यामा १० प्रतिशत वृद्धि गरी ५० प्रतिशत पु¥याउने स्वास्थ्य बीमा गर्ने योजना रहेको छ । 

बागलुङका १० स्थानीय तहमध्ये केही पालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेका कारण स्वास्थ्य बीमा गराउनेको सङ्ख्यामा वृद्धि हुँदै आएको हो । जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाले लक्षित वर्षलाई निःशुल्क स्वास्थ्य बीमा गराउन थालेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउन निःशुल्क स्वास्थ्य बीमा गराउने गरी जिल्लाका पालिका अगाडि बढेको देखिन्छ । 

जिल्लाको काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र  जैमिनी नगरपालिकाले गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने योजनाका साथ कार्यक्रम अगाडि बढाएका छन् । बडिगाड गाउँपालिकाले अति विपन्न, एकल महिला, एकल पुरुष, स्वास्थ्य स्वयंसेविका र अपांगता भएकालाई निःशुल्क बीमा गर्न थालेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । बीमा कार्यक्रममा सहभागी गराउनका लागि जिल्लामा ७८ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बीमा बोर्ड बागलुङले जनाएको छ । 

स्वास्थ्य बीमा गरेका बिरामीका लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पताल, ढोरपाटनमा रहेको बुर्तिबाङ प्राविधिक स्वास्थ्य केन्द्र, गल्कोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पताल प्रथम सेवा विन्दुको रूपमा रहेर बिमितहरूलाई उपचार सेवा दिइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए । 

धौलागिरि  अस्पतालमा मात्रै दैनिक ८० प्रतिशत बिरामी स्वास्थ्य बीमाका बिमित सदस्य आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिएका छन् । ग्रामीण क्षेत्रका विपन्न परिवारलाई अझै पनि स्वास्थ्य बीमाको फाइदाको विषयमा जानकारी हुन नसक्दा उनीहरू बिमित हुन नसकेको स्वास्थ्य बीमा बोर्डको भनाइ छ ।

पाँच जनाको परिवारले रु तीन हजार ५०० सय तिरेमा एक वर्ष सम्मका लागि एक लाखसम्मको स्वास्थ्य बीमाले तोकेको अस्पतालमा उपचारका लागि रकम तिर्नुपर्दैन । यदि परिवारमा थप सङ्ख्या भए एकजना बराबर सात सय थप गर्नुपर्छ । बीमा कार्यक्रममा ज्येष्ठ नागरिक, अति गरिब परिवार, एचआइभि एड्स सङ्क्रमित र द्वन्द्वपीडितलाई परिचयपत्रको आधारमा निःशुल्क बीमा गर्ने गरिएको छ ।  

– खेमराज गौतम रासस

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ६ : ०२ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द