रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्य : राष्ट्रपति बाइडन  « Khabarhub

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्य : राष्ट्रपति बाइडन 


७ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि वार्तामा रिपब्लिकन पार्टीका मागलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेका छन् ।

जापानको हिरोसिमामा सम्पन्न आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनबाट वासिङ्टन फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकी सरकारको कर्जा अधिकार बढाउने सर्तका रूपमा खर्च कटौतीको रिपब्लिकनको पछिल्लो माग ‘स्पष्ट रूपमा अस्वीकार्य’ रहेको बताएका हुन् ।

उनले भने, ‘अब अर्को पक्षले आफ्नो चरम स्थितिबाट हट्ने समय आएको छ ।’

बाइडेनले आइतबार वासिङ्टन फर्कने क्रममा रिपब्लिकन पार्टीका नेता तथा प्रतिनिधिसभाका सभामुख केभिन म्याक्कार्थीसँग प्रत्यक्ष कुराकानी गर्ने बताएका छन् ।

तर उनले सार्वजनिक ऋणको वैधतामाथि प्रश्न नउठ्ने अस्पष्ट संवैधानिक धारा लागू गर्ने नाटकीय प्रयासको खोजी गरिरहेको पनि बताएका छन् ।

राष्ट्रपति बाइडेनले रिपब्लिकनका बारेमा भने, ‘म यो विश्वास गर्दिन कि उनीहरूले अपमानजनक काम गरेर ऋण तिर्ने कानुनी मार्गलाई अवरोध गरी देशलाई आर्थिक सङ्कटतर्फ धकेलिन बाध्य पार्ने छैनन् । म चौधौँ संशोधनलाई हेरिरहेको छु ।’

उनले भने, ‘मलाई लाग्छ हामीसँग अधिकार छ । यो समयमा उक्त अधिकारको प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्नेमा विवाद हो । यसका लागि आह्वान गर्न सकिन्छ ।’

बाइडेनले जापानबाट पपुवा न्युगिनी र अष्ट्रेलिया जाने योजना बनाउनु भएको थियो तर जारी कर्जा वार्ताका कारण एसिया भ्रमणलाई अन्तिम समय रद्द गरी यात्रा छोट्याएका छन् ।

अमेरिकी कोष तथा लेखा नियन्त्रण (ट्रेजरी डिपार्टमेन्ट) का अनुसार यदि रिपब्लिकनहरूको नियन्त्रण रहेको काङ्ग्रेसले थप ऋण लिन अनुमति दिएमा सरकारले जुन १ सम्ममा ३१ ट्रिलियन अमेरिकी डलरको ऋण तिर्न सक्नेछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ७ : ४४ बजे

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित