बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरिने « Khabarhub

बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरिने


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताएका छन् ।

नेपाल  पत्रकार महासङ्घ अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै बाँझो जमिनमा एकल खेती नभई सामूहिक तवरको खेती गरिने जानकारी दिए ।

पहिले जस्तो गोरुले जोतेर कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायिकीकरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।

मन्त्री भुसालले भने, ;पहिले खाद्यान्न निर्यात गथ्र्यौँ, अहिले खाद्यान्न आयात गर्छौँ । त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो । सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो । तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायिकीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ ।;

कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने उनको भनाइ थियो । उनले  यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने जानकारी दिए ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ८ : ०४ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।