आज २०८० साल असार ६ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल असार ६ गते बुधबारको राशिफल


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल असार ६ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।

वृष : दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।

कर्कट : नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

सिंह : रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।

कन्या : रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ।

तुला : समस्यामा परिनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृश्चिक : धार्मिक क्षेत्रमा मन जानेछ। सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ।

धनु : खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।

मकर : दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।

कुम्भ : बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।

मीन : काममा फाइदा मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ५ : ११ बजे

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्