यी हुन् गोलभेडाका फाइदा « Khabarhub

यी हुन् गोलभेडाका फाइदा


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोलभेडा अर्थात् टमाटर हामी सबै नेपालीको भान्सामा सधैँ पाइने तरकारी हो। यसका फाइदा थाहा भएर वा नभएर सबैको भान्सामा तरकारी र चट्नीको स्वादका लागि भए पनि राख्ने गरिन्छ। गोलभेडामा भिटामिन सी, लाइकोपीन, भिटामिन र पोटासियम पर्याप्त मात्रामा पाइन्छ।

टमाटार अर्थात् गोलभेडा खाँदा कोलेस्ट्रोल कम हुने चिकित्सकको भनाइ छ। चिकित्सकका आनुसार गोलभेडामा भिटामिन–सी र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइने भएकाले यसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ।

मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक मानिन्छ। अपच र कब्जियतको समस्या हुँदा गोलभेडामा कागतीको थोरै रस मिसाएर खाँदा अधिक लाभ हुन्छ। गोलभेडा खाएर मात्र स्वास्थ्य राम्रो हुने होइन। गोलभेडाका अनेक फाइदा छन्।
गोलभेडालाई काटेर अनुहारमा लगाउँदा त्यसले छालालाई सफा र चम्किलो बनाउन पनि मद्दत गर्छ। गोलभेडा छालामा लगाउदा यसले अनुहारको छाला सफा मात्र हुँदैन छालाको छिद्र पनि कसिलो पार्छ। जसले गर्दा चाँडै छाला चाउरी देखिँदैन।

गोलभेडा प्राय जुनसुकै अवस्थामा पनि खान सकिन्छ। त्यसैगरी यो गर्भावस्थामा सेवन गर्र्दा फाइदा जनक मानिन्छ। तर पछिल्लो समय विषादीको प्रयोग गरेर फलाइएको गोलभेडा धेरै फाइदाजनक नहुन सक्छ। यसमा भने सचेत हुनुपर्छ। गोलभेडा खाएर यसबाट हुने फाइदाको भरपुग उपयोग गर्न सकिन्छ।

गोलभेडाका फाइदा जानौं
– कुनै बच्चालाई सुख्खा प्रकारको रोग भएको बेलामा दैनिक रूपमा एक गिलास गोलभेडाको जुस बनाएर पिलाउँदा उक्त रोगबाट आराम मिल्छ।
– बालबालिकाको मानसिक तथा शारीरिक विकासका लागि पनि गोलभेडाको महत्त्वपूर्ण भूमिका रहन्छ।
– दैनिक रूपमा गोलभेडाको जुस बनाएर पिउँदा मोटोपन घटाउन सकिन्छ।
– पेटमा जुका परेको बेलामा गोलभेडामा मरिच मिसाएर खान सकिन्छ।
– गोलभेडाको गुदीलाई अनुहारमा लेप बनाएर लगाउँदा अनुहार सेतो नरम हुनका साथै चम्किलो र आकर्षक हुन्छ।
– गोलभेडामा पाइने एन्टिअक्सिडेन्टको मद्दतले क्यान्सर कोशिकालाई फैलिन नदिई क्यान्सर रोक्न मद्दत गर्दछ।
– गोलभेडालाई मजाले धोएर त्यसको गुदीलाई नुहाउनु भन्दा केही बेर अगाडि कपालमा लगाएर नुहाउँदा कपाल बढ्नका साथै नरम र सिल्की हुन्छ।
– गोलभेडामा लाइकोपिन नामक पोशक तत्त्व, बीटा–क्यारोटिन र अन्य एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले मस्तिष्कलाई बलियो बनाउन र मस्तिष्कमा हुने अन्य समस्या कम गर्न सहयोग गर्दछ।
– गोलभेडामा भिटामिन ए पाइने हुदा यसको दैनिक सेवन गर्दा आँखाको ज्योति बढ्छ।
– गोलभेडामा पाइने भिटामिन बी र पोटासियमले गर्दा मुटुलाई स्वस्थ राख्न सकिन्छ।
– गोलभेडामा क्यालसियम पाइन्छ। जसले शरीरका हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ०१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५