युगान्डाका विद्यालयमा सशस्त्र समूहको आतंक | Khabarhub Khabarhub

युगान्डाका विद्यालयमा सशस्त्र समूहको आतंक


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अफ्रिकामा एकपछि अर्को दुखान्त घटना भइ नै रहेका छन्। सुडान, सोमालीया र युगान्डा यस्तै अनेक समस्या भोगेका देश हुन्। जहाँ रोग, गृह युद्ध सशस्त्र समूह लगायतको आतङ्कले जनजीवन अत्यन्त कठिन छ। पश्चिमी अफ्रिकामा १ विद्यालयमा अध्ययन गरिरहेका १ विद्यार्थी विद्रोही इस्लामिक समूहको आक्रमणबाट बच्न सफल भएका छन्। उनले विद्रोही समूहले गर्ने दर्दनाक घटनाको विवरण सार्वजनिक गरेका छन्।

समूहले नियन्त्रणमा लिएपछि एक विद्यार्थीले भोगेको दु:खको कथा भयानक छ। ‘मैले मरेका साथीको रगत अनुहार र शरीर भरी दलेको थिएँ। त्यस कारण उनीहरूले मलाई मरेको भन्ठानेर छाडेका थिए।’ जीवन जोगाउने क्रममा भोगेको दुखान्त घटनाका बारे जुलियस इसिन्गोमाले भनेका छन्। त्यसपछि केसस अस्पतालमा गएर उनले उपचार गराएका थिए।

एमपोन्डेमा शुक्रबार राति भएको आक्रमणमा ४० जना व्यक्तिको ज्यान गएको थियो। युगान्डाका राष्ट्रपति युवानी मुसेभीनीले आक्रमणको आरोप एलायड डेमोक्र्याटिक फोर्स (एडीएफ)माथि लगाएका छन्। उनले त्यो समूह अर्को आक्रमणको तयारी गरिरहेको समेत आरोप लगाएका छन्। उनले धेरै विद्यालयलाई उनीहरूले निसाना बनाएका कारण विद्यालयलाई सचेत रहन समेत अनुरोध गरेका छन्।

अन्धाधुन्ध बन्दुक प्रहार भएपछि रगताम्मे हुने अवस्था आएको थियो। कोही आत्तिएका थिए। आफ्नै अघि आफैले थाहा पाउने गरी साथीहरू गोली लागेर मरेको दृश्यले जीवित रहेका बालकको सातो उडेको थियो।

राष्ट्रपतिले यस विषयमा विस्तृत विवरण भने बताउन चाहेका छैनन्। तर, प्रजातान्त्रिक गणतान्त्रिक कङ्गोको सीमाको छेउमा आतङ्कवादीको जत्था जताततै लुकेर बसेको हुनसक्ने समेत उनले बताएका छन्। एडीएफले भने यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन। एडीएफको स्थानीय सन् १९९० मा भएको थियो। अल्पसङ्ख्यक मुस्लिम समुदायमाथि पूर्वाग्रही रहेको भन्दै यो सङ्गठनले मुसेभीनी सरकारको विरुद्धमा सशस्त्र गतिविधिलाई जारी राखेको छ।

सन् २०१६ मा भने यो संस्थाले आफूलाई इस्लामिक स्टेट (आइएस)सँग समन्वय गर्ने निर्णय गरेको थियो। आइएसले सन् २०१९ मा भएको एउटा आक्रमणको जिम्मा नलिएसम्म यो संस्था मौन नै थियो। सन् २०१९ को सो घटनामा युगान्डाको सीमाको छेउ नै रहेको सेनाको ब्यारेकका आक्रमण भएको थियो। त्यसै समयमा आइएसको मध्य अफ्रिका प्रान्त पनि गठन भएको थियो।

समूहले नियन्त्रणमा लिएपछि एक विद्यार्थीले भोगेको दु:खको कथा भयानक छ। ‘मैले मरेका साथीको रगत अनुहार र शरीर भरी दलेको थिएँ। त्यस कारण उनीहरूले मलाई मरेको भन्ठानेर छाडेका थिए।’

शुक्रबारको त्यो घटनामा ६ जना बच्चालाई अपहरण गरेर कङ्गो लगिएको अनुमान छ। घण्टौंसम्म भएको झडपमा जीवित रहेका ६ जना मध्ये जुलियस पनि एक हुन्। उनले आक्रमण गर्ने कोही पनि चिन्दैनन्। उनलाई रातको १० बजेको समय आक्रमण भएको भने याद छ। तिनीहरू केटाहरूको डर्मेन्टरीमा प्रवेश गर्न आँटेका थिए। आफूहरू खतरामा रहेको थाहा भएपछि उनीहरूले ढोका लक गरेका थिए। लगातार विद्यार्थीमाथि आक्रमण सुरु भएको थियो।

अन्धाधुन्ध बन्दुक प्रहार भएपछि रगताम्मे हुने अवस्था आएको थियो। कोही आत्तिएका थिए। आफ्नै अघि आफैले थाहा पाउने गरी साथीहरू गोली लागेर मरेको दृश्यले जीवित रहेका बालकको सातो उडेको थियो।

बवारे अस्पतालका प्रमुख प्रशासकीय अधिकृत ब्लारी एमबारेका अनुसार आक्रमण भएको तीन घण्टापछि रातको १ बजे त्यहाँ शवहरू आइपुगेका थिए। उनले बुझेका २० शव मध्ये १८ शव विद्यार्थीका थिए।

उनी भने खाटको माथिल्लो भागमा चढेर सिलिङमा रहेको सबै काठका दराज उठाएर त्यहाँ भित्र छिरेर लुके। ‘पछि म धुँवाले निसासिएर फेरि डर्मीटरीमा बजारिएँ’, उनले भने, ‘आक्रमणकारीहरू त्यहाँ बजारिएको आवाज सुनेपछि फर्किएको थिए। तर उनीहरुले उनलाई देखेनन्।

आक्रमण गर्नेहरू केटीको डर्मीटरीमा गई सकेपछि १८ वर्षे उनी लुकेको स्थानबाट बाहिर निस्केका थिए। तर, केटीहरूको डर्मीरीमा आक्रमण गरिसकेपछि उनीहरू केटाको डर्मीटरीमा आएर आक्रमण गरे। ती युवा मरेका आफ्नै साथीहरूको बीचमा मरेको नाटक गरेर लुकेर बसे। ‘आक्रमणकारीले मलाई देखे र म मरेको भन्ठानेर छाडे।’ एक पटकबाहिर निस्की सकेका उनीहरू फेरि सबै जना मरिसकेको हो या होइन भन्ने पक्का गर्नका लागि फर्किएका थिए। ‘त्यस समयमा उनीहरूले मेरो हातमा नै गोली हाने म नचलमलाई बसेँ’, उनले भने।
आक्रमणकारी अर्को कोठामा प्रवेश गरेको समयमा उनी त्यहाँबाट बाहिर निस्किएर विद्यालय नजिकै हार्डवेयर पसल पुगेका थिए। त्यही पसलको छेउमा रोकेको गाडीको मुनी उनी धेरै समय लुकेर बसेका थिए।

आक्रमणमा बचेका पाँच जना त्यही उपचार गराइरहेका छन्। त्यस मध्येकी १ छात्राको अवस्था भने चिन्ताजनक छ। एक सर्जनले जनाए अनुसार ह्यामरले हिर्काएका कारण उनको टाउकोमा ठुलो चोट छ।

बवारे अस्पतालका प्रमुख प्रशासकीय अधिकृत ब्लारी एमबारेका अनुसार आक्रमण भएको तीन घण्टापछि रातको १ बजे त्यहाँ शवहरू आइपुगेका थिए। उनले बुझेका २० शव मध्ये १८ शव विद्यार्थीका थिए।

आक्रमणमा बचेका पाँच जना त्यही उपचार गराइरहेका छन्। त्यस मध्येकी १ छात्राको अवस्था भने चिन्ताजनक छ। एक सर्जनले जनाए अनुसार ह्यामरले हिर्काएका कारण उनको टाउकोमा ठुलो चोट छ। अस्पतालका वरिष्ठ कर्मचारीकै अनुसार अस्पतालबाट एक शव मात्र बाहिर निकालिएको छ।

ओछ्यानमा सुती रहेको जुलियस साथीहरूको अन्त्येष्टिमा सहभागी हुन नपाएकोमा चिन्तित छन्। बारम्बार सेना भएर उनीहरूलाई बचाउन सकेको भए कस्तो हुने थियो भनेर सम्झिरहन्छन्। स्रोत: बीबीसी

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ०५ बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच

शंखमूलमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित