मन्त्री सिंहको निधनमा आज सुदुरपश्चिममा शोक बिदा « Khabarhub

मन्त्री सिंहको निधनमा आज सुदुरपश्चिममा शोक बिदा


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ । सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा शोक बिदा दिएको हो ।

हिजो सवारी दुर्घटनामा निधन भएका मन्त्री  सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए ।

उनका अनुसार मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णयसमेत भएको छ ।

गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा मन्त्री सिंहसहित उनकी श्रीमति, भाउजुलगायतको निधन भएको थियो ।

सुदूरपश्चिम सरकारले आज धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभासमेत राखेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : २२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा