काठमाडौँमा छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता | Khabarhub Khabarhub

काठमाडौँमा छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौँ बाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि अलग स्थान तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट तोकिएअनुसार नै सम्बन्धित स्थानमा गएर विवरण भर्न पनि काठमाडौँ प्रशासनले अनुरोध गरेको छ । विभागले काठमाडौँ बाहिरका नागरिकको हकमा दुई फरक–फरक स्थानमा तोकेको उनको भनाइ छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा मधेस प्रदेशका धनुषा र पर्साका सेवाग्राहीले विवरण दर्ता गर्नुपर्नेछ । यस्तै राष्ट्रिय सभागृहमा काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका बागमती प्रदेशका सबै जिल्लाका नागरिकले विवरण भर्न सक्ने सहायक प्रजिअ आचार्यले बताए । यसअघि ती क्षेत्रका नागरिकले काठमाडौँ प्रशासनबाटै विवरण दर्ता गर्दै आएका थिए ।

परिचयपत्रका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल आवश्यक पर्छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : २८ बजे

आजका समाचार : नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी बाहिरिने, जेन-जी आन्दोलनमा घुसपैठ भएको एमालेको दाबी र गाजामा आक्रमण जारी

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री

चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

कैलाली – नेपालीहरूको महानचाड बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि

इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने प्रस्तावको रुसद्वारा आलोचना

मस्को – रुसले शनिबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा इरानको आणविक

यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत

काठमाडौं – अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर