पोखरा विमानस्थलमा चिनियाँ जहाज अवतरण | Khabarhub Khabarhub

पोखरा विमानस्थलमा चिनियाँ जहाज अवतरण


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।

गत जनवरी १ बाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान बिहान ९ बजेर ६ मिनेटमा अवतरण गरेको हो । 

चार्टर्ड गरिएको सो विमान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली, चिनियाँ खेलाडीलगायत १३० जना बोकेर आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत गरेका थिए । 

पोखराको फेवातालमा यही असार ८ र ९ गते नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल हुँदैछ । सोही प्रतियोगितामा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर विमान पोखरामा अवतरण गरेको हो ।

सो विमान काठमाडौँ हुँदै आजै चीन फर्किनेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : ०६ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता