बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका दुवैजना पुरुष हुन् । उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । 

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको थियो ।

जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : ३७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार