कञ्चनपुरबाट लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न दुई ५५ जना पक्राउ « Khabarhub

कञ्चनपुरबाट लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न दुई ५५ जना पक्राउ


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागूऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् ।

पछिल्लो समय लागूऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागूऔषधसहित युवा/युवती पक्राउ परिरहेका छन् । गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम चरेस, चार सय ९९ दशमलव ६६ ग्राम खैरो हिरोइन, ३६ ट्याबलेट नाइट्रोभेट, तीन सय ५८ एम्पुल फेनारगनलगायत लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।

यहाँ भारतसितको खुला सिमानाका कारण यहाँ लुकिछिपी लागूऔषधको कारोबार  हुने गरेको छ । कञ्चनपुरमा स्थानीय प्रशासनलाई पनि लागुऔषध नियन्त्रण मुख्य चुनौती बनेको छ । प्रहरी निरीक्षक गिरीका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पक्राउ पर्नेमा दुई २९ जना पुरुष, १२ महिला र १४ भारतीय नागरिक रहेका छन् । ‘जिल्लाभरि नै लागूऔषध नियन्त्रण र विद्यालयस्तरमा सचेतनाका कक्षा सञ्चालन भइरहेका छन्’, उनले भने, ‘लागूऔषध पूर्णरूपमा नियन्त्रणमा ल्याउन स्थानीय नागरिक, पालिका र सबैको सहयोग आवश्यक पर्छ ।’

यहाँ भारतसित सीमा जोडिएको बेलौरी, पुर्नबास, बेल्डाँडी र दोधारा चाँदनी क्षेत्रबाट लागूऔषध ओसारपसार बढी हुने गरेको प्रहरीले जनाएको छ । महेन्द्रनगरस्थित धूम्रपान निषेधका अभियन्ता मदन चन्द बालबालिका र युवापुस्तालाई लागूऔषधको लतबाट बचाउन स्वयं अभिभावक जिम्मेवार भएर लाग्नुपर्ने बताउँछन् ।

‘प्रहरीले मात्रै नियन्त्रण गरेर लागूऔषध न्यूनीकरण गर्न कठिन हुनसक्छ’, उनले भने, ‘यसका लागि सामूहिक प्रयासको खाँचो छ ।’

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १२ : ०९ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको काम देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण